पशुपतिनाथ मन्दिर खुलाभएसँगै भक्तजनका भीड

काठमाडौँ, २८ माघ । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज बिहानदेखि भक्तजनका लागि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको यही माघ २३ गतेको आदेश अनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च,लगायतकास्थलमा जनस्वास्थ्य मापदण्डपालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भए अनुसार आज बिहानदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको हो ।पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गरेको हो । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डपालना गरेर आजदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो । कोरोना सङ्क्रमण तेस्रो लहर बढ्न थालेपछि गत माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

मन्दिर बन्द भएपछि माघ ५ गतेदेखि बिहीबारसम्म नित्य पूजामात्र हुँदै आएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । मन्दिर आजदेखि खुलेपनि विशेष पूजा भने शनिबारदेखि सुरु गरिने उहाँले बताउनुभयो । करिब २३ दिनपछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रशासनको आदेश अनुसार ५०÷५० जना भक्तजनलाई स्वास्थ्य मापदण्डपालना गरी मन्दिर प्रवेश गराइएको छ । महाशिवरात्रि नजिकिएपछि पशुपति क्षेत्रमा भक्तजनको चहलपहल पनि बढ्ने गरेको छ । यसवर्ष फागुन १७ गते महाशिवरिात्रि पर्व परेको छ ।

यो पनि पढ्नुहोस्…काठमाडौं। नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा एमसीसीका विषयमा गहन छलफल भएको छ। पूर्वाधार विकास, सडक र विद्युत् प्रशारण लाइन विस्तारका लागि एमसीसी उपयोगी रहेको भन्दै एमसीसी नेपालका लागि आवश्यक रहेको नेताहरूले बताएका छन्।एमसीसी पारित गर्ने विषयमा कांग्रेसभित्र सबै एकमत देखिएका छन्। आज बसेको कार्यसम्पादन समितिको बैठकमा नेताहरू एमसीसीका विषयमा एकमत देखिएका हुन्। एमसीसी पारित गर्ने पक्षमा अधिकांश कार्य सम्पादन समितिका नेता देखिँदा गठबन्धन भंग हुने अवस्थामा पनि उनीहरू एमसीसीलाई अघि बढाउनुपर्ने पक्षमा रहेका थिए।

बैठकमा नेपाली कांग्रेसका नेता डा राम शरण महतले एमसीसीका विषयमा जनतामा रहेको भ्रम चिर्ने काम कांग्रेसले गर्नुपर्ने बताए। “जनतामा एमसीसीका विषयमा रहेको असमझदारी हटाउने काम कांग्रेसले गर्नुपर्छ,” महतले भने। यस्तै बैठकमा स्थानीय तहको निर्वाचन, भ्रातृ संस्थाको निर्वाचनलगायत विषयमा पनि छलफल भएको थियो।कार्यसम्पादन समितिको बैठककमा स्थानीय तहको निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने पूर्वमहामन्त्री डा शंशाक कोइरालाको जोड थियो। भने, “भ्रातृसंस्थाको निर्वाचनका हकमा केहीको निर्वाचन स्थानीय तहको निर्वाचनअघि र केहीको पछि गर्ने विषयमा पनि छलफल भएको छ।”

आजै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीनका अध्यक्ष माधव नेपालले एमसीसी पारित गर्न नसकिने प्रस्ट पारेका थिए।गठबन्धन दलका दुई प्रमुख नेताले एमसीसी निर्वाचनअघि यथास्थितिमा पारित गर्न नसकिने बताउँदै गर्दा कांग्रेसको कार्य सम्पादन समिति भने गठबन्धन जोगाउनभन्दा एमसीसी पारित गर्ने पक्षमा उभिएको हो।
गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा एमसीसीको विरोधमा सडकमा उत्रिसकेको छ। १ फागुनबाट नेकपा एकीकृत समाजवादी पार्टी पनि प्रदर्शनमा जाने भएको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖