छथर जोरपाटीका जेष्ठ नागरिकहरुको घर–घरमा पुगेर उपचार

नारायण कुमार राई/धनकुटा,माघ २९ ।छथर जोरपाटी गाउँपालिकाले आफ्ना पालिकामा रहेका जेष्ठ नागरिकहरुलाई उनीहरुकै घरमा गएर निःशुल्क स्वास्थ्य जाँच सेवा दिएको छ ।

स्थानिय तहको निर्वाचन संगै २०७४ सालबाट पालिकाले यो कार्यक्रम स्वास्थ्य शाखाको सहयोगले चौमासिक रुपमा सन्चालन गर्दै आईरहेको छ ।

यसै क्रममा पालिकाको स्वास्थ्य शाखाले गएको हप्ता देखि पालिकाको सबै ६ वटै वडाहरुमा ७० बर्ष माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गरिरहेको छ ।

हाल सम्म ३५० भन्दा बढी जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गर्ने क्रम जारी रहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनुभयो ।

‘यो कार्यक्रमले स्वास्थ्य संस्थामा जान नसक्ने जेष्ठ नागरिकहरुलाई धेरै सहयोग पुगेको छ’–डंगोलले भन्नु भयो,‘यसले समयमा नै रोगको पहिचान भएर उपचारका लागि स्वास्थ्य संस्थामा रेफर गर्न सहज भएको छ’ ।

जेष्ठ नागरिकहरुलाई निःशुल्क रुपमा प्राथमिक उपचार,पेसर,सुगर जाँच र औषधी दिईदै आएको उहाँले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।