यासोक बजारमा आ’गला’गीबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पाँचथर, १ फागुन । शनिबार साँझ पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा भएको आ’गला’गीमा एउटा घर र पाँचवटा पसल ज’लेर न’ष्ट भएका छन् ।
आ’गला’गी फिदिम नगरपालिकाको वारुण यन्त्रको सहायतामा स्थानीयवासीले बेलुकी ९ बजे नियन्त्रणमा लिएका थिए । आ’गला’गीको कारण पत्ता लाग्न सकेको छैन । आ’गला’गीबाट भएको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
साँझ ७ः४५ बजे यासोक बजारका झरेन्द्र खतिवडामा भएको आ’ग’ला’गीमा खतिवडाको घर ज’लेर न’ष्ट भएको छ । आ’गला’गीमा खतिवडाको एकसहित अन्यका चार वटा पसलहरू जलेका छन् । कच्ची घरबाट सुरु भएको आ’गला’गी उक्त घरसँगै अन्य पक्की घरहरू रहेका कारण अन्यत्र फैलन नपाएको स्थानीयवासीको भनाइ छ ।
मौसम सफा रहने
काठमाडौँ, १ फागुन (रासस) ःहाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिनसम्म मौसम सफा रहने छ ।
दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सोमबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ ।


