इँट्टा उद्योगविरुद्ध स्थानीय : बाल श्रमिक लगाएको र खेतीयोग्य जमिनमा असर गरेको आरोप

झापा, १ फागुन /खेतीयोग्य जमिनलाई असर गरेपछि कचनकवल गाउँपालिकाका स्थानीय आन्दोलित बनेका छन् । धान उत्पादनका लागि उर्वर कचनकवलमा इँट्टाभट्टाकै कारण उत्पादनमा ह्रास आएको स्थानीयको आरोप छ । कचनकवल गाउँपालिकामा सञ्चालन भएका ६ वटै इँट्टा उद्योगविरुद्ध स्थानीयले घरेलु तथा साना उद्योग कार्यालयमा उजुरी दर्ता गराएका छन् । आठ सय बढीको हस्ताक्षरसहित स्थानीयले इँट्टा उद्योगविरुद्ध उजुरी गरेका हुन् । ‘इँट्टाभट्टाको धुलो धुवाँले बसिसक्नु छैन । त्यहाँ कुद्ने गाडीले सडक भत्काएर उस्तैछ, कल्भर्ट भत्किएको छ,’स्थानीय रविन राजवंशीभले भने, ‘बाल श्रमिक पनि राखेका छन् । यी इँट्टा उद्योग बन्द हुनुपर्छ ।’

घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख जयनारायण अधिकारी उजुरीपछि अनुगमन थालिएको बताए । उनका अनुसार अनुगमनका क्रममा केही समस्या देखिएको छ । अधिकारीले बाल श्रमिक प्रयोग गरेको हुन सक्ने बताए । ‘हामी अनुगमनमा जाँदा इँट्टा उद्योग चलेका थिएनन् । त्यसकारण बालबालिकाले काम गरेको देखिएन,’ उनी भन्छन्, ‘तर, वरिपरि बालबालिका देखिए । उनीहरूले ती बालबालिका इँट्टा उद्योगमा पनि प्रयोग गरेका हुन सक्छन् ।’ अनुगमनका क्रममा सडक र कल्र्भट भत्किएको देखिएको बताए ।

यद्यपि इँट्टा उद्योगमा चल्ने सवारी हो या अन्य कारणले हो भन्ने यकिन भएको छैन । उनका अनुसार पछिल्लो समय झापामा इँट्टा उद्योगविरुद्ध स्थानीय आन्दोलित भइरहेका छन् । यसअघि हिल्दबारीमा एक इँट्टा उद्योग सञ्चालनको तयारी भएपछि स्थानीयले विरोध गरेका थिए । त्यो मुद्दा अहिले जिल्ला अदालत झापामा रहेको अधिकारीले बताए । यस्तै, यसअघि कमल गाउँपालिकामा स्थापना हुन लागेको इँट्टा उद्योगमा पनि स्थानीयले अवरोध गरेका थिए । जसका कारण उद्योग नै सञ्चालन हुन नसकेको अधिकारीले बताए । इँट्टा उद्योग सञ्चालनपछि माटोको उर्वर शक्तिमा ह्रास आउने, इँट्टा उद्योगके धुवाँले स्वास्थ्यमा गम्भीर असर पुग्ने भन्दै उद्योग सञ्चालनमा अवरोध गर्दै आएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय झापाको तथ्यांकअनुसार झापामा ४२ वटा इँट्टा उद्योग सञ्चालनमा छन् । अधिकांश उद्योगले प्रदूषण फैलाएको स्थानीयको आरोप छ । उद्योगहरूमा बाल श्रमिक पनि रहेका कारण स्थानीयले घरेलु तथा साना उद्योग कार्यालयलाई अनुगमन गरिदिन आग्रह गर्दै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।