यासोक बजारमा भएको आ’गला’गीमा एक घर र पाँच वटा पसल जले
पाँचथर, १ फागुन / पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा शनिवार साँझ भएको आ’गला’गीमा एउटा घर र पाँच वटा पसल ज’लेर न’ष्ट भएका छन् ।
आ’गला’गीमा यासोक बजारका झरेन्द्र खतिवडाको घर ज’लेर ख’रानी भएको छ । आगलागीमा अन्यका चार वटा पसलहरु ज’लेका छन् । कच्ची घरबाट सुरु भएको आ’गला’गी उक्त घरसँगै अन्य पक्कि घरहरु रहेका कारण अन्यत्र फैलन नपाएको स्थानीयवासीले जनाएका छन् ।
फिदिम नगरपालिकाको बारुण यन्त्रको सहायतामा स्थानीयवासीले बेलुकी ९ बजे आ’गाे नियन्त्रणमा लिएका थिए । आ’गला’गीको कारण खुल्न सकेकाे छैन् । आ’गला’गीबाट भएको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।


