चिनियाँ नागरिक प,क्राउ

काठमाडौँ, १ फागुन । अवैध रूपमा नेपाल ल्याउँदै गरेको सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले अवैध रूपमा ल्याउँदै गरेको चार हजार ८४० ग्राम सुनजस्तो देखिने सो पदार्थसहित राहदानी नम्बर इजे ०२४८१३१ बाहक चिनियाँ नागरिक ३६ वर्षीय झाङ लिलाई शनिबार प,क्राउ गरी आज सार्वजनिक गरेको हो । प,क्राउ चिनियाँ नागरिक लिदहिमालय एयरको उडानद्धारा काठमाडौँ आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिकै प,क्राउ गरेको हो । पक्राउ लिले चारवटा पोकामा भित्री पोशाकभित्र लुकाएर उक्त सामान ल्याएको प्रहरीले जनाएको छ । प,क्राउ परेका उनीसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्…गलकोट । बागलुङको बलेवा विमानस्थल धावनमार्ग कालोपत्र सुरु भएको छ । विसं २०७७ फागुनमै कालोपत्र गर्नुपर्ने विमानस्थलको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको थियो । गत असारमै सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको धावनमार्ग कालोपत्रको काम दुईपटक म्याद थपिसकेको छ । लामो समयको कोरोना सकस र मौसमी प्रतिकूलका बीच कालोपत्रको काम शुक्रबारदेखि सुरु भएको छ । विसं २०७७ फागुनभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरी सक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुसँग रु सात करोडमा ठेक्का सम्झौता गरेको थियो । विमानस्थलको सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न भएको र फागुन १५ भित्रै धावनमार्ग कालोपत्रको काम सम्पन्न भइसक्ने निर्माण कम्पनीका प्रतिनिधि वासु थापाले जानकारी दिनुभयो ।

कोरोना महामारी र वर्षाका कारण पटक–पटक प्रभावित बनेको कालोपत्र कामले तीव्रता पाएको उहाँले बताउनुभयो । “मौसममा सुधार भएसँगै काम सुरु भएको छ, अहिले बिटामिन छर्ने काम भइरहेको छ, तत्कालै प्लान्टबाट कालोपत्रको कच्चा पदार्थ ल्याइन्छ”, उहाँले भन्नुभयो, “आगामी फागुनभित्रै विमानस्थको कालोपत्रको काम सम्पन्न भएर हस्तान्तरण गरिने छ, कोरोना र पानी परेर सडक बन्द हुँदा कालोपत्रमा ढिलाइ भएको हो, अब गर्मीसमेत लाग्न थालेको छ, १५ दिनमै विमानस्थल तयार गर्ने योजनामा छौँ ।” धावनमार्गको कटिङ, नाली तथा तारबार एक वर्ष पहिलै सकिएर कालोपत्रका लागि तयार भएको विमानस्थल अहिलेसम्म सडक र कोरोनाका कारण धानवनमार्गको ग्राभेलसमेत सम्पन्न भइसकेको थियो । कोरोना महामारी र मौसमका कारण धावनमार्गको कालोपत्र गर्न समस्या भइरहेकामा अहिले काम प्रारम्भ भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक मीनराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार ठेकदार कम्पनीले कालोपत्रका लागि सबै तयारी पूरा गरेर अहिले धावनमार्गको भुले उडाउने, बिटामिन छर्ने काम गरिरहेको छ ।

घाम नलागेका कारण कालोपत्रमा समस्या भएका थियो, अहिले मौसम क्रमशः सुधार भएकाले प्राविधिक हिसाबले काम गर्न सहज भएको उहाँकोे भनाइ छ । विमानस्थल कालोपत्रको ठेक्का चैत मसान्तसम्म मात्रै रहेकोे प्राधिकरणले जनाएको छ । विमानस्थलको जम्मा १५ प्रतिशतमात्रै काम बाँकी छ । कालोपत्र निर्माणसँगै विमानस्थलको काम सम्पन्न हुनेछ । छब्बीस वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनःसञ्चालन आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडानसमेत भरेका थिए । तर आवश्यक पूर्वाधार अभावले अहिले विमानस्थल बन्द छ ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सो विमानस्थल छ । हवाई सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने बताइएको छ ।
कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारबाट १२ किलोमिटर सडक कच्ची छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्र हुन सकेमा विमानस्थल सञ्चालनका लागि यात्रु अभाव नहुने सरोकारवाला बताउँछन् । बर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धुलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।