अग्रज सहकर्मीकाे सम्मान

पाँचथर, नेपाल निजामती कर्मचारी संगठन पाँचथरले १८ जना अग्रज राष्ट्रसेवकलाई सम्मान गरेको छ । फिदिममा शनिवार आयोजित उक्त संगठनको ११औँ अधिवेशनको अवसरमा सेवा निवृत्त भएका तथा लामो समयदेखि सेवारत १८ जना अग्रजलाई संगठनले सम्मान गरेको हो ।

सम्मानित भएकाहरूलाई संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला, नेकपा (एमाले) पाँचथरका अध्यक्ष राजकुमार भण्डारी लगायतले सम्मान पत्र, मायाको चिनो, खादासहित सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरूमा सर्मिला खापुङ, राधाकृष्ण खनाल, सूर्य अधिकारी, केदारनाथ रिजाल, खड्गबहादुर बोहोरा, देउमान कन्दङ्वा, ठाकुरप्रसाद सुवेदी, चन्द्रप्रसाद भट्टराई, शेरबहादुर खड्का, नन्द धमला, उद्धव गौतम, जयप्रसाद तुम्बापो, देवी हुमागाई, हेटनारायण श्रेष्ठ, प्रेमकुमार भट्टराई, देउकुमारी राई, प्रेम ओझा र कौशिला आङ्देम्बे छन् । अग्रजहरुलाई सम्मान गरी उनीहरुले राष्ट्रसेवा र संगठनको हितमा पु¥याएको योगदानको सम्मान र स्मरणका लागि सम्मान गर्ने परम्पराको थालनी गरिएको नेपाल निजामति कर्मचारी संगठन पाँचथरका निवर्तमान अध्यक्ष प्रकाश अधिकारीको भनाई छ ।

यस्तै शनिवारनैै सम्पन्न नेपाल निजामती कर्मचारी संगठन पाँचथरको एघारौँ अधिवेशनले प्रेमबहादुर काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अधिवेशनको बन्दसत्रले काफ्लेको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको निवर्तमान अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा तीर्थ मिश्र र सरस्वती शिवाकोटी, सचिवमा मिलन राई, सहसचिवमा सुवर्ण केदेम र कोषाध्यक्षमा कुलबहादुर थापा निर्वाचित भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖