सरकारको दोहोरो खेलकै कारण विदेशी राष्ट्रले नेपाललाई हेप्न थाले : ईश्वर पाेखरेल

प्रकाश तिम्सिना/सुनसरी, १ फागुन । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको दोहोरो खेलकै कारण विदेशी राष्ट्रले हेप्न थालेको टिप्पणी गरेका छन् । आइतबार सुनसरीको इटहरीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले विदेशीको इसारामा गठबन्धन सरकार चल्न थालेकोसमेत बताए ।

अमेरिकाले दिने सहयोगको सम्बन्धमा गोप्य रूपमा भित्री सहमति गरेर अब केही दिनमै पास गर्छौ भन्ने तर जनतालाई त्यस्तो हैन देशको अहितमा हामी छैनौं भन्ने दोहोरो चरित्र सरकारले देखाएको आराेपसमेत लगाए । ‘गोप्य पत्रमा हामी जसरी नि पास गछौं, एक दुई महिना पर्खिदिनु पर्‍याे’ भन्दै हस्ताक्षर गर्नुले बाहिरी देशले नेपाललाई हेप्न थालेको उनले बताए ।

नेपाली कांग्रेससका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेकाे पत्रले सरकार देशप्रति कुनै संवेदनशील नरहेको पाेखरेलकाे भनाइ छ । ‘सरकार यतिबेला काठ काट्ने आरा जस्तो उता तान्दा नि काटिन्छ, यता काट्दा पनि काटिन्छ जस्तै भएको छ । प्रचण्डकाे ढाडमा टेकेर टाउकामा हान्ने र अन्तरविरोधमा खेल्नेबानीका कारण आज यस्तो भयो,’ उनले भने, ‘अहिले नै हामी बोलेर हिँड्दैनौ, संसदमा लेऊ जे गछौं हामी गर्छौं।’

पाँचदलीय गठबन्धन सरकारमा छलफल गरेर एमसीसी संसदमा टेबुल गर्न उनले सरकारलाई चुनौती पनि दिए । एमसीसीबारे एमालेको धारणा आउनुभन्दा गठबन्धन सरकारको धारणा के हो प्रष्ट पार्न पाेखरेलले आग्रह गरे ।

एमाले उपाध्यक्ष पाेखरेलले आजै इटहरी उपमहानगरपालिकाले निर्माण गर्न लागेको प्रशासनिक भवनको समेत शिलान्यास गरेका छन् । नाै करोडभन्दा बढी लागत अनुमान गरिएको भवन २०८० सालसम्म बनिसक्ने छ । उनले इटहरी-१७ लविपुरमा बनेकाे पुलको समेत उद्घाटन गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।