एमालेको निर्वाचन लक्षित कार्यक्रम सुरु, जिल्ला अधिवेशनसम्बन्धी विवाद अझै जारी

विशाल बस्नेत/महोत्तरी, १ फागुन । नेकपा एमाले महोत्तरीले स्थानीय तह निर्वाचनका लागि चहलपहल बढाएको छ । पार्टीको जिल्ला अधिवेशन हुन नसके पनि निर्वाचनसम्बन्धी कार्यक्रम भने सुरु गरेको छ । जिल्लामा पार्टी स्पष्ट रुपमा दुई गुटमा बिभाजन छ । चार जना केन्द्रीय सदस्यमध्ये दुर्इ जना एक कित्तामा र दुई जना अर्को कित्तामा छन् ।

पार्टीभित्र अन्तरसंघर्ष रहे पनि चुनावी माहोल भने रफ्तारमा अगाडि बढेको युवा नेता तथा प्रदेश कमिटी सदस्य केदार बस्नेत बताउँछन् । अधिबेशनको लागि आकाङक्षीको किचलो नसकिँदै स्थानीय तहको चुनावको लागि आकाङक्षीहरूको किचलो पनि बढेको छ । सवैभन्दा बढी बर्दिबास नगरपालिकामा चुनावी गर्मागर्मी बढेको छ । हुन त सबै पार्टीहरू चुनावलक्षित कार्यक्रममा लागेता पनि नेकपा एमालेको भने दैनिक पटकसम्म बैठक बसेर चुनावी अभियानका समबन्धमा छलफल भैइरहेको स्रोतको भनाइ छ ।

बर्दिबास नगरभित्र केदार बस्नेत, टेकबहादुर बलाम्पाकी, फाल्गुन मगर, कुमार भण्डारी, चन्द्रबहादुर क्यापछाकीलगायत नेतले नगरप्रमुखको आकांक्षा देखाएको चर्चा छ ।

जिल्ला अधिवेशन (१० र ११ फागुन) नजिकिँदै गर्दा पार्टीका नेताहररुबीच भने दुरी बढेको छ । केन्द्रीय सदस्य बुधिनी देवी र पोलिटब्युरो सदस्य रामदयाल मण्डल आफूहरूले निर्वाचन गरेको कमिटी नै आधिकारिक कमिटी भएको दावी गरिरहेका छन् । तर, केन्द्रीय सदस्यद्वय टेकबहादुर र सरोज यादव भने त्यसको विरुद्धमा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖