४० वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसादलाई आठ लाखको चेक हस्तान्तरण

झापा, १ फागुन । अनाहकमा भारतमा ४० वर्ष जेल जीवन बिताएका इलाम माई नगरपालिका-१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई आठ लाखको चेक हस्तान्तरण गरिएको छ ।

क्षतिपूर्तिवापत भारत सरकारले उपलब्ध गराएको पाँच लाख भारतीय रुपैयाँ (आठ लाख नेपाली रुपैयाँ) आइतबार हस्तान्तरण गरिएको हो । गत वर्षकाे मंसिरमा कोलकाताको उच्च अदालतले पश्चिम बंगाल सरकारलाई तत्काल पाँच लाख भारतीय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको थियो ।

सोहीअनुसार भारत सरकारले दिएको चेक आइतबार कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले झापाको काँकडभिट्टामा हस्तान्तरण गरे । उनले उच्च अदालतले तत्काल उनको शारीरिक, मानसिक अवस्था हेरेर र जेल प्रशासनले दिन मिल्ने गरी पाँच लाख भारतीय रुपैयाँ दिएको बताए । यद्यपि क्षतिपूर्तिका लागि भने अब मात्र प्रक्रिया सुरु हुने उनले बताए ।

दार्जेलिङकी एक महिलाको हत्या आरोपमा ४० वर्षविना सुनुवाइ जेल जीवन बिताएका उनलाई गत चैतमा उच्च अदालत कोलकाताले उनको शारीरिक र मानसिक अवस्था कमजोर भएको भन्दै छाड्न आदेश दिएको थियो । उनको अवस्थाबारे महावाणिज्य दूतावासले ६/६ महिनामा अदालतलाई जानकारी गराउँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।