खोटाङमा ट्याक्टर दुर्घटना, चालकको मृ’त्यु

खोटाङ, २ फागुन /खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृ त्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको ऐसेलुखर्क पुछारबाट सोमबार हलेसीतर्फ जाँदै गरेको स१त ७७३३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौैले नवलपुर निवासी चालक सिटामोल भन्ने शेखर मगरको मृ त्यु भएको हो । ट्याक्टर पल्टिएर सडकबाट करिब ७५ मिटर तल खस्दा चालक मगरको घटनास्थलमै मृ त्यु भएको प्रहरीले जनाएको छ ।

कामका लागि हिँडेको ट्याक्टर हलेसी-धितुङ-रेग्मीटार सडकखण्डको कालिकादेवीथान नजिकै काभ्रा खोलामा दु र्घटनामा परेको महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए । दुर्घटनामा ट्याक्टरका मालिक हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका ३२ वर्षीय नगेन्द्र राई घा इते भएका छन् । हेल्थ केयर मेडिकल हलेसीमा प्राथमिक उपचार गराएका राईको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडाैं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।