मुसहरहरूलाई सिपयुक्त बनाउन नगरपालिकाद्वारा अन्तर्क्रिया

उदयपुर, २ फागुन । त्रियुगा नगरपालिकाले विपन्न तथा पिछडिएका मुसहर समुदायलाई पेशा परिर्वतन गरी आर्थिक उपार्जनमा संलग्न गराउने अभियान थालेको छ । उनीहरूको रुचि अनुरुपको सिप उपलब्ध गराउने उदेश्यले नगरपालिकाले अभियान सुरु गरेकाे हाे ।

नगरपालिकाद्वारा आयाेजित अन्तरक्रियामा मुसहर समुदायले जीविकोपार्जनका बारेमा नगरप्रमुख बलदेव चौधरीसँग खुलेर कुराकानी गरेका छन् । अन्तरक्रियामा सहभागीहरूले व्यवसायिक सीप र ज्ञानको माग राखेका थिए । मुसहर समुदायका अगुवाहरूले नगरप्रमुख बलदेवसँग अगरबत्ती बनाउने, सिलाई कटाई, दालमोठ भुजिया बनाउने, मोटरसाइकल मर्मत, ग्रिल बनाउने तालिम तथा तरकारी, पशुपालनसम्बन्धी तालिमको माग राखेका छन् । उनीहरूले आयआर्जनमुलक सीपका साथै शिक्षा, स्वास्थ्यसम्बन्धी जनचेतनामुलक कार्यक्रमको माग पनि गरेका छन् ।

सदा समुदाय ज्याला, मजदुरी र बनिबुतोको भरमा जिविकोपार्जन गरिरहेका छन् । राजनैतिक, सामाजिक, आर्थिक सबै हिसाबले सो समुदाय पछाडि पारिएकाे समुदाय हाे । जमिनको स्वमित्वबाट बञ्चित, उद्यमदेखि टाढा रहेका सदा समुदाय शिक्षा, स्वास्थ्यको पहुँचबाट पनि टाढा छन् । उनीहरुको आर्थिक उर्पाजन गरी गर्न सकिन्छ कि भनेर अन्तरक्रिया गरेको नगर प्रमुख चौधरीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।