एमसिसीमा सबै दलको समर्थन हुने प्रधानमन्त्री देउवाको विश्वास

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) का पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर संसद्बाट अनुमोदन हुने विश्वास व्यक्त गर्नुभएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उहाँले कांग्रेससँगै सबै दलको सहयोगमा एमसिसी अनुमोदन हुने विश्वास व्यक्त गर्नुभएको कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो । एमसिसीसम्बन्धी प्रस्ताव तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्बाट पारित गरी २०७६ साल असार ३० गते संसद्मा दर्ता गराएको र सो दलमा आबद्ध सबै सांसद हाल विभिन्न दलमा भए पनि एमसिसी प्रस्तावमा समर्थन हुने प्रधानमन्त्रीको विश्वास थियो ।

उक्त समयमा नेकपामा रहनुभका सांसदहरु हाल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीमा हुनुहुन्छ । सो प्रस्तावलाई तत्कालीन अवस्थामा प्रतिपक्षमा रहेको कांगे्रसले छलफलमा लगेर अनुमोदन गर्नुपर्ने धारणा व्यक्त गरेको थियो । प्रधानमन्त्री देउवाले कांग्रेस सरकारमा रहँदा एउटा र प्रतिपक्षमा रहँदा अर्काे विचार व्यक्त गर्ने दल होइन, त्यसो गर्दा हामी अरू दलभन्दा फरक हुँदैनाँै, यसको क्षणिक लाभहानि होला भनेर कांग्रेस आफ्नो कर्तव्यबाट च्यूत नहुने बताउनुभएको थियो । “ओली नेतृत्वको सरकारले संसद्मा दर्ता गराएको एमसिसी प्रस्ताव पारित गर्नुप¥यो भनेर हामी भनिरहेका छौँ, तर त्यही दलका प्रमुख सचेतक विशाल भट्टराईले अहिले संसद्बाट एमसिसी अनुमोदन गर्ने षडयन्त्र भइरहेको छ भन्ने कुराले मलाई उदेक लागेको छ,” प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै महामन्त्री थापाले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले सभामुख अग्निप्रसाद सापकोटासँग परामर्श गरेको आधारमा भोलि फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसीसम्बन्धी प्रस्ताव टेबल हुने विश्वास व्यक्त गर्नुभएको थियो । बैठकले एमसिसीसम्बन्धी प्रस्ताव तत्काल संसद्मा टेबल गरेर अनुमोदन प्रक्रिया अघि बढाउन माग गर्ने निर्णय गरेको छ । साथै बैठकले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दल सो प्रस्तावको पक्षमा उभिने विश्वास व्यक्त गरेको महामन्त्री थापाले बताउनुभयो । बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्नका लागि कांग्रेसले हस्ताक्षरकर्ताबाहेक अन्य दलसँग संवाद र अनुरोध गर्ने निष्कर्ष निकालेको छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदहरुले आइतबार सो महाअभियोग संसद्मा दर्ता गराउनुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।