प्रचुर सम्भावना तर गुमनाम ‘इन्द्रेणी झरना’

प्रकाश पाक्साँवा/तेह्रथुम, ८ फागुन । तेह्रथुम, धनकुटा संखुवासभा जिल्लाको सीमानामा रहेको इन्द्रेणी झरना प्रचारप्रसार र संरक्षण अभावमा ओझेलमा परेकाे छ । धर्मदेवी नगरपालिका-३ संखुवासभामा रहेको झरना पर्यटकीय रुपमा प्रचुर सम्भावना छ र यहाँ काेही पनि पुग्दैनन् ।

पूर्वको पर्यटकीय गन्तव्य टिएमजेको प्रवेशद्धारको रुपमा रहेको वसन्तपुर बजारदेखि करिब आधा घण्टाकाे पैदल दुरी तथा मोटरसाइकलमा दशै मिनेटमा पुगिने भए पनि गुमनाम झै बनेको हो । स्थानीयवासीका साथै स्थानीय, प्रदेश र संघीय सरकारकाे आँखा नपुगेको यो झरनालाई पर्यटकीय रुपमा विकास गर्न प्रचार र संरक्षणको अभाव रहेको महालक्ष्मी-१ धनकुटाका विकास गुरुङले बताए । उनी भन्छन्, ‘यो झरना आफैमा सुन्दर छ । झरनालाई संरक्षण गर्दै सरकारको ध्यानकर्षण गर्न सकियो भने पर्यटकीय गन्तव्यकाे रुपमा विकास गर्न सकिन्छ ।’

कच्ची सडक छेउ जंगलको बीचमा रहेको झरना संरक्षणमा अहिले भने स्थानीयले चासो देखाउन थालेका छन् । झरना तीन जिल्लाको सीमाना रहेकोले तेह्रथुम, धनकुटा र संखुवासभाले संंरक्षणमा ध्यान नदिएको लालीगुराँस नगरपालिका-२ तेह्रथुमका गोपाल भुजेलले बताए । ‘झरना संखुवासभाको धर्मदेवी नगरपालिकामा पर्छ स्थानीय सरकारले चासो दिएको छैन् । अरु जिल्लाले त झन् ध्यान दिने कुरै भएन । जसका कारण ओझेलमा पर्दै आएको छ ।’ भुजलेले भने ।

घाम लागेको बेला झरनामा इन्द्रेणी देखिने भएकाले यसकाे नाम इन्द्रेणी झरना राखिएको महालक्ष्मी नगरपालिका-१ धनकुटाका कृष्ण गुरुङले बताए । कच्ची सडक झरनाको छेउसम्म पुगेपनि झरना संरक्षणको अभाव रहेको वसन्तपुरका मनिष श्रेष्ठले बताए । उनी भन्छन् ‘कच्ची सडक पुगे पनि यहाँ पूर्वाधार विकासको खाँचो छ । झरना क्षेत्रमा पुर्वाधार विकास गर्न सके पर्यटक भित्र्याउन सक्नेमा कसैकाे दुई मत छैन ।’

स्थानीय सरकार गठन भएको करिब पाँच बर्ष बित्न लाग्यो तर, यी र यस्ता पर्यटकीय गन्तव्यको विकासमा ध्यान नदिँदा सम्भावना बोकेका पर्यटकीय गन्तव्यहरू ओझेलमा पर्दै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।