बेला मोटर्सको ठगी : प्रतिलिटर ३५ किमि कुद्छ भनेर बेचेको सवारीको माइलेज ९ किलोमिटर मात्र !

झापा, ८ फागुन । बुद्धशान्ति ३ का दीपक भट्टराई देशमै केही गर्न चहान्छन् । तर, उनीसँग लगानी गर्न धेरै रकम थिएन । स्नातक तहमा अध्ययन गर्दै आएका भट्टराईले गाउँमै केही गर्ने सोच बनाए । गाउँमा सामान ओसारपसारका लागि सानो सवारी किन्न पाए राम्रै कमाई हुने उनको बुझाइ थियो । गत फागुनमा बेला मोटर्सको ३ चक्के पेट्रोल इञ्जिन भएको मालबाहक गाडी हेरे । गाडीको दाम थियो- ६ लाख ४२ हजार रुपैयाँ। फाइनाइन्स गरेर पनि उनले सवारी पाउने भएपछि तीन लाख ५० हजार रुपैँया बिर्तामोडको आरती-बुद्धमा नगद बुझाए । बाँकी सहकारीबाट फाइनाइन्स गरे ।

गाउँमा काठ, सिमेन्ट, धानपराललगायतका वस्तु ढुवानी गरेर राम्रो आम्दानी गर्न सक्ने सपना थियो, उनको । ‘विदेश जानुनपरोस्, नेपालमै केही गर्न पाइयोस् भन्ने थियो,’ उनले भने, ‘सबैभन्दा उपयुक्त यही सवारी हुने देखेर किनेँ ।’

गाडीमा प्रतिलिटर ३५ किलोमिटर माइलेज दिने भनेर विज्ञापन गरिएको थियो । उनलाई निकै किफायती लाग्यो । तर, विज्ञापन ३५ किलोमिटरको भए पनि गाडी ६ देखि १० किलोमिटर मात्र माइलेज दिएको उनको गुनासो छ । ‘माइलेज मात्र हैन गुड्दागुड्दै इन्जिन तातिन्थ्यो । बीच सडकमै बेलाबेला इन्जिन बन्द नै हुन्थ्यो,’ उनी भन्छन्, ‘समस्याले त हैरान बनायो । समस्या कति कति ।’

गाडीले हैरानी दिएपछि उनले तीन महिनामै गाडी फिर्ता गरे । ‘कमाईको साटो उल्टो खर्च हुने देखियो । त्यसैले फिर्ता गरेँ,’ उनी भन्छन् । कन्काई ३ का वेदप्रकाश जैनले पनि यही गाडी किनेका थिए । विज्ञापनमा ३५ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ भनेपछि उनी हौसिएका थिए । सवारी चालक राखेर सामान ओसारपसार गर्न सुरु गरे । ‘तर, गाडीले तेल हैन पानी खाएजस्तो लाग्यो,’ उनी भन्छन्, ‘एक महिनामा चार जना ड्राइभर नै फेरेँ । ३५ किलोमिटर माइलेज दिन्छ भनेर किनेको, तर चालकले १० किलोमिटरभन्दा माइलेज दिएन भनेपछि चालकले तेल चोरी गरेको जस्तो पो लाग्यो ।’ मजदुरी गर्दै आएका जैनले १२ धुर जग्गा धितो राखेर गाडी किने थिए ।

बेला मोटर्स प्रा.लिको आधिकारिक विक्रेता आरती बुद्ध अटोमोबाइल्स प्रालिबाट ३ चक्के चारवटा मालबाहक सवारी विक्री भएको थियो । तर, चारवटैमा समस्या आएको आरती बुद्ध टीका ओडारीले जानकारी दिए । गाडीमा भएको समस्याबारे जानकारी गराउँदा पनि बेवास्ता गरेको बताए । आफूले ग्राहकको पैसा फिर्ता दिएको उनले बताए ।

‘मजदुरी गर्नेले गाडी खरिद गर्नुभएको थियो । ऋण लिएर खपरिद गर्नुभएको थियो । क्यास दिएको पैसा फिर्ता दिएँ । किस्ताको जिम्मेवारी पनि मैले लिएको छ,’ उनले भने, ‘करिब २६ लाखको भार मैले लिएँ । कम्पनीलाई जानकारी गराउँदै सधैँ बेवास्ता गर्छ । म दोहोरो मर्कामा परेँ ।’

१९ मंसिर २०७८ मा बेला मोटर्सका बजार प्रतिनिधि निर्मल पाण्डे आएका थिए । उनले गाडी खरिदकर्ता आरती बुद्धका ओडारीसँग समस्या समाधान गर्ने लिखित कागज गरे । इलाका प्रहरी कार्यालय अनारमनीमा यो सम्झौता भएको थियो । त्योबेला एक हप्ताभित्र समस्या समाधान गर्ने सहमति भएको थियो । तर, अहिले भने प्रहरी प्रशासनमा जान धम्की दिँदै आएको ओडारीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।