हामी एमसीसीको विपक्षमा उभिन्छौँ, प्रहरी दमनको विरोध गर्छाैं : प्रचण्ड

काठमाडौं, ८ फागुन /सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने दोहो¥याएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी पेस गरेको भन्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने स्पष्ट पारिसकेको बताए ।

विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको भन्दै उनले एमसीसीको विरोधमा उत्रिएकामाथि भएको प्रहरी दमनको विरोध गरेका छन् । साथै प्रहरी दमनमा भएका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि प्रचण्डले कामना गरेका छन् ।

यसबारे आफ्नो आधिकारिक फेसबुकमा प्रचण्डले लेखेका छन्, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीको विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ । एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्सनकारीमाथी भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।