कांग्रेस प्रवक्ता-एमसिसीको यथार्थबारे जनताले जानकारी पाइसके

काठमाडौँ, ९ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्बन्धमा भ्रम फैलाइएको भन्दै अब जनताले त्यसको यथार्थ जानकारी पाइसकेको बताउनुभएको छ ।उहाँले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, “एमसिसी सम्बन्धका झुटका पर्दा उघिँ्रदै छन्, अन्तमा सत्य नै हुन्छ ।” कांग्रेस सधैँ सत्यका पक्षमा उभिँदै आएको बताउँदै कांग्रेस नेता महतले एमसिसी सम्बन्धमा आफ्नो पार्टीले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा सधैँ एउटै धारणा स्पष्ट रुपमा राख्दै आएको बताउनुभयो ।

विसं २०६८ यताका सबै दल नेतृत्वका सरकार एमसिसी परियोजनामा संलग्न रहेको बताउँदै प्रवक्ता डा महतले अहिले केही राजनीतिक दल र तिनका नेताले सस्तो लोकप्रियताका लागि यस सम्बन्धमा जनतामा भ्रम सिर्जना गर्न खोजेको टिप्पणी गर्नुभयो । एमसिसीको अनुदान नेपालको प्राथमिकताअनुसार पूर्वाधार परियोजनामा लगानी हुने उल्लेख गर्दै उहाँले संसद्बाट अनुमोदन हुने विश्वास व्यक्त गर्नुभयो । सरकारले एमसिसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आइतबारको बैठकमा टेबल गरेको छ ।

ढिलै भए पनि एमसिसीसम्बन्धी प्रस्ताव संसद्मा टेबल भएको बताउँदै उहाँले यो प्रस्ताव अनुमोदन हुने विश्वास व्यक्त गर्नुभयो । यसमा सबै दलबीच सहमति हुनुपर्नेमा उहाँको जोड थियो । झन्डै रु ६० अर्बको अनुदान सहयोग नेपालको प्राथमिकताका आयोजनामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा ठेक्कामार्फत खर्च हुने एमसिसी राष्ट्र हित विपरीत हुन नसक्ने बताउँदै कांग्रेस नेता महतले यो परियोजना अनुमोदन भएपछि आगामी दिनमा यस्ता अनुदान अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा मात्रै ठेक्कामार्फत खर्च हुने प्रचलन कायम समेत बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।