सुन त,स्करीमा दुई विदेशी प,क्राउ
काठमाडौँ, १० फागुन। नेपाल हुँदै सुन त,स्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प,क्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय नागरिक पारसनाथ साह र बङ्गलादेशी नागरिक मोहम्मद उल्लाह प,क्राउ परेका विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उनीहरुले झण्डै एक किलो सुन तस्करी गर्न खाजेका थिए ।
विशेष सूचनाका आधारमा सोमबार हिमालय एयरलायन्सको उडान नम्बर एच९५६६ द्वारा दुबईबाट काठमाडौँ आएका बङ्गलादेशी नागरिक मोहम्मद उल्ल्लाहमाथि अनुसन्धान गर्दा सुनसहित प,क्राउ गरिएको हो । प्रहरी टोलीले जाँच गर्ने क्रममा उल्लाहले लगाएको पाइन्टको पेटी बाँध्ने भागमा फल्स बटम बनाइ डिटेक्ट गर्न नसक्ने गरी पेटी आकारको एक थान अर्धठोस् सुन बरामद गरेको हो ।
यस्तै उनले नै लगाएको भित्री बस्त्रबाट बेलना आकारको दुई थान अर्धठोस् सुन बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरकिा अनुसार सुन झण्डै एक किलो ( ९३६ ग्राम) रहेको पाइएको छ । उक्त सुनको हालको बजार मूल्य करिब ७७ लाख रहेको छ । उहाँका अनुसार उल्लाहसँगको बयानमा भारतीय नागरिक पारसनाथ साहले भन्सार छली गर्न लगाएको खुलेपछि उनलाई पनि पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सुन सङ्कलन गर्ने कार्यमा साहकोसमेत संलग्नता देखिन आएकाले दुबै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।
यो पनि पढ्नुहोस्.. गलेश्वर, म्याग्दीको रघुगङ्गा गाउँपालिकामा दुईवटा चिस्यान केन्द्र (कोल्डस्टोर) बनाइने भएको छ । गाउँपालिकाले सङ्घीय सरकारसँग सहकार्य गरी वडा नं २ भगवतीको बाहुनचौर र वडा नं ६ पाखापानीमा खाद्यान्न, तरकारी र फलफूललाई लामो समयसम्म भण्डारण गर्ने गरी कोल्डस्टोर बनाउन लागेको हो ।गाउँपालिकाको ‘एक गाउँ, एक उत्पादन’ अभियानअन्तर्गत भगवतीमा सङ्घीय सरकारले रु ५० लाख र गाउँपालिकाले रु ५० लाख गरी एक करोड लागतमा कोल्डस्टोर निर्माणको आवश्यक प्रक्रिया थालिएको गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले जानकारी दिनुभयो । कोल्डस्टोरका लागि प्राविधिकको टोलीका वडा कार्यालय नजिक एक रोपनी जग्गा व्यवस्थापन भएकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)पछि बोलपत्र प्रक्रियामा जाने प्रमुख भण्डारीले बताउनुभयोे । “यहाँ उत्पादन भएको कृषि उपजलाई भण्डारण गरी सिधै बजारमा लैजान सकिन्छ, कृषकका हरेक प्रकारका उत्पादनलाई कोल्डस्टोरमा राख्ने योजनासहित चिस्यान केन्द्रको निर्माण गर्न लागिएको हो”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।
सुन्तला, केरा र आलुको उत्पादन हुने पिप्ले, भगवती, बेगखोलाकाले धेरै प्रयोग गरे पनि भगवतीको ठूलो भएकाले त्यहाँ गाउँपालिकाका सबै वडाका कृषकको उत्पादनलाई राखिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाइ छ । त्यस्तै पाखापानीमा सङ्घीय र गाउँपालिकाको गरी रु २२ लाख लागतमा एक वर्षभित्र सम्पन्न गर्ने गरी पोट्रेवल कोल्ड च्याम्बर बनाउन आवश्यक तयारी गरिएको छ ।
भौगोलिकरूपमा विकट र अपायक पर्ने भएकाले झिँ, पाखापानी, चिमखोला र कुइनेमङ्गले क्षेत्रका कृषकलाई लक्ष्य गरी पाखापानीमा बनाउन लागिएको कोल्ड च्याम्बर एक वर्षभित्रमा उक्त निर्माण गरिने वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । दुवै स्थानमा निर्माण हुने कोल्डस्टोरको डिजाइन स्टिमेटको काम अगाडि बढेकाले अगुवा कृषकसमेत उत्साहित छन् । कोल्डस्टोर बनेपछि कृषिजन्य वस्तु, फलफूलअन्तर्गत सुन्तलालाई उचित तापक्रममा लामो समयसम्म राखेर बेमौसमी सिजनमा बजारमा पु¥याउन सकिन्छ ।
सिजनमा उत्पादन गरेर बिक्रीको तुलनामा बेमौसममा कोल्डस्टोरमा राखेर बिक्री गर्दा चार गुणाभन्दा बढी फाइदा हुन्छ । गाउँपालिकाले कृषकको उत्पादन भएको स्थानबाट कोल्डस्टोरसम्म ढुवानी तथा स्टोर सञ्चालनमा सहज हुने गरी कोषसमेत बनाउने योजना बनाएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
उहाँले कृषकलाई ढुवानी र भण्डारमा सहज हुने गरी सघाउनेसमेत बताउनुभयो । रघुगङ्गामा उत्पादन हुने कृषि र फलफूल करिब छ महिनासम्म कोल्डस्टोरमा राखेर बजारमा लैजान सकेमा पनि कृषकको उत्पादन र आम्दानी वृद्धि हुने कृषि क्षेत्रका जानकारहरू बताउँछन् । कोल्डस्टोरमा राखिएको वस्तुको स्वाद र गुणस्तर ताजा नै हुन्छ र उपभोगका लागि स्वास्थ्यवद्र्धक र स्वच्छ मानिन्छ ।
चिस्यान केन्द्रकै कारण छिमेकी जिल्ला मुस्ताङको स्याउलाई फागुन, चैत महिनामा समेत खान पाइएको छ भने निर्धारित समयमै कोल्डस्टोर बनेमा रघुगङ्गामा उत्पादन हुने कृषि र फलफूलजन्य वस्तुसमेत बेमौसमी सिजनमा प्रयोग गर्न पाइने छ । यस अगाडि बेनी नगरपालिकामा आवश्यक भए पनि स्थान छनोटमा जनप्रतिनिधिबीच नै विवाद भएपछि कार्यान्वयन भएको थिएन भने अन्य स्थानीय तहले समेत चर्चा गरे पनि जिल्लाका अन्य स्थानीय तहमा चिस्यान केन्द्र बनाउन सकेनन् ।


