महामन्त्री थापा-एमसिसीका पक्षमा मतदान गर्न सकिँदैन भने सरकारमा बस्नुको अर्थ छैन

चितवन, १० फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो,“सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ । तरसँगै जान्छांै भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ । कि यसका पक्षमा मतदान गरेरसँगै बसौं । फरक फरक ठाउँमा मतदान गर्ने भएसँगै बस्न सकिँदैन ।”

हरेक नेता सरकारमा रहेका समयमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीका विषयमा विभिन्न किसिमका प्रक्रिया अघि बढेको स्मरण गर्दै उहाँले छलफलपछि सबैले एमसिसीका पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याइएको जनाउँदै उहाँले नेताले पहिला सरकारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गर्नुभयो । एमसिसीका पक्षमा बोल्नका लागि कांग्रेसले पार्टी पङ्क्तिलाई प्रशिक्षित गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“यो सम्झौताको पक्षमा कांग्रेस किन उभियो भन्ने कुरा हामी जनता गएर भन्दछौँ । सिङ्गो पार्टी एमसिसीका पक्षमा छ । ”

यो पनि पढ्नुहोस्.. गलेश्वर, म्याग्दीको रघुगङ्गा गाउँपालिकामा दुईवटा चिस्यान केन्द्र (कोल्डस्टोर) बनाइने भएको छ । गाउँपालिकाले सङ्घीय सरकारसँग सहकार्य गरी वडा नं २ भगवतीको बाहुनचौर र वडा नं ६ पाखापानीमा खाद्यान्न, तरकारी र फलफूललाई लामो समयसम्म भण्डारण गर्ने गरी कोल्डस्टोर बनाउन लागेको हो ।गाउँपालिकाको ‘एक गाउँ, एक उत्पादन’ अभियानअन्तर्गत भगवतीमा सङ्घीय सरकारले रु ५० लाख र गाउँपालिकाले रु ५० लाख गरी एक करोड लागतमा कोल्डस्टोर निर्माणको आवश्यक प्रक्रिया थालिएको गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले जानकारी दिनुभयो । कोल्डस्टोरका लागि प्राविधिकको टोलीका वडा कार्यालय नजिक एक रोपनी जग्गा व्यवस्थापन भएकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)पछि बोलपत्र प्रक्रियामा जाने प्रमुख भण्डारीले बताउनुभयोे । “यहाँ उत्पादन भएको कृषि उपजलाई भण्डारण गरी सिधै बजारमा लैजान सकिन्छ, कृषकका हरेक प्रकारका उत्पादनलाई कोल्डस्टोरमा राख्ने योजनासहित चिस्यान केन्द्रको निर्माण गर्न लागिएको हो”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

सुन्तला, केरा र आलुको उत्पादन हुने पिप्ले, भगवती, बेगखोलाकाले धेरै प्रयोग गरे पनि भगवतीको ठूलो भएकाले त्यहाँ गाउँपालिकाका सबै वडाका कृषकको उत्पादनलाई राखिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाइ छ । त्यस्तै पाखापानीमा सङ्घीय र गाउँपालिकाको गरी रु २२ लाख लागतमा एक वर्षभित्र सम्पन्न गर्ने गरी पोट्रेवल कोल्ड च्याम्बर बनाउन आवश्यक तयारी गरिएको छ ।भौगोलिकरूपमा विकट र अपायक पर्ने भएकाले झिँ, पाखापानी, चिमखोला र कुइनेमङ्गले क्षेत्रका कृषकलाई लक्ष्य गरी पाखापानीमा बनाउन लागिएको कोल्ड च्याम्बर एक वर्षभित्रमा उक्त निर्माण गरिने वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । दुवै स्थानमा निर्माण हुने कोल्डस्टोरको डिजाइन स्टिमेटको काम अगाडि बढेकाले अगुवा कृषकसमेत उत्साहित छन् । कोल्डस्टोर बनेपछि कृषिजन्य वस्तु, फलफूलअन्तर्गत सुन्तलालाई उचित तापक्रममा लामो समयसम्म राखेर बेमौसमी सिजनमा बजारमा पु¥याउन सकिन्छ ।

सिजनमा उत्पादन गरेर बिक्रीको तुलनामा बेमौसममा कोल्डस्टोरमा राखेर बिक्री गर्दा चार गुणाभन्दा बढी फाइदा हुन्छ । गाउँपालिकाले कृषकको उत्पादन भएको स्थानबाट कोल्डस्टोरसम्म ढुवानी तथा स्टोर सञ्चालनमा सहज हुने गरी कोषसमेत बनाउने योजना बनाएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।उहाँले कृषकलाई ढुवानी र भण्डारमा सहज हुने गरी सघाउनेसमेत बताउनुभयो । रघुगङ्गामा उत्पादन हुने कृषि र फलफूल करिब छ महिनासम्म कोल्डस्टोरमा राखेर बजारमा लैजान सकेमा पनि कृषकको उत्पादन र आम्दानी वृद्धि हुने कृषि क्षेत्रका जानकारहरू बताउँछन् । कोल्डस्टोरमा राखिएको वस्तुको स्वाद र गुणस्तर ताजा नै हुन्छ र उपभोगका लागि स्वास्थ्यवद्र्धक र स्वच्छ मानिन्छ ।

चिस्यान केन्द्रकै कारण छिमेकी जिल्ला मुस्ताङको स्याउलाई फागुन, चैत महिनामा समेत खान पाइएको छ भने निर्धारित समयमै कोल्डस्टोर बनेमा रघुगङ्गामा उत्पादन हुने कृषि र फलफूलजन्य वस्तुसमेत बेमौसमी सिजनमा प्रयोग गर्न पाइने छ । यस अगाडि बेनी नगरपालिकामा आवश्यक भए पनि स्थान छनोटमा जनप्रतिनिधिबीच नै विवाद भएपछि कार्यान्वयन भएको थिएन भने अन्य स्थानीय तहले समेत चर्चा गरे पनि जिल्लाका अन्य स्थानीय तहमा चिस्यान केन्द्र बनाउन सकेनन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।