माओवादी केन्द्र नुवाकोटको संयोजकमा लामिछाने

त्रिशूली, १३ फागुन । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकले जिल्ला समन्वय समिति नुवाकोटको संयोजकमा पुष्प लामिछानेलाई चयन गरेको छ ।

प्रदेश समितिका अध्यक्ष सरल सहयात्री पौडेलको अध्यक्षता र पार्टी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा यही फागुन ११ र १२ गते काठमाडौँमा सम्पन्न भएको बैठकले अहिलेका जिल्ला अध्यक्ष हिरानाथ खतिवडालाई माथिल्लो कमिटीको जिम्मेवारीमा पठाउने तयारी गर्दै लामिछानेलाई जिल्ला अध्यक्षसरहको रूपमा रहेको माओवादी केन्द्रको जिल्ला समन्वय समितिको संयोजक बनाएको हो । माओवादी केन्द्रको विधानअनुसार अहिले जिल्ला कमिटीलाई जिल्ला समन्वय समितिमा रुपान्तरण गरिएको छ ।

माओवादी केन्द्र प्रदेश समितिको बैठकले जिल्ला नेतृत्वसहित नुवाकोटमा रहेको दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचन क्षेत्रमा इञ्चार्ज, संयोजक र सचिव तथा जिल्लाको बाह्रवटै पालिकामा इन्चार्ज तोकिएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।