नेत्रदानको कथामा ‘थर्ड आई’

काठमाडौं, १३ फागुन । आफ्नो जीवनपछि पनि अरुलाई दृष्टि दिन सकिन्छ भन्ने सन्देशसहित सर्ट फिल्म ‘थर्ड आई’ निर्माण भएको छ । आशुतोष अधिकारीको निर्देशन रहेको फिल्ममा सरोज दाहाल, कमला अधिकारी, रेनुका प्रधान, राज अधिकारी, केडी प्रशित, विनोद मिश्र, सुरज पोखरेल, विमला अधिकारी र राजीव न्यौपानेको अभिनय छ ।

निर्देशक अधिकारीले दुई आँखाको दृष्टि गुमेपछि अरु कसैसँग लिएको तेस्रो आँखाले पनि जीवनभर देख्न सकिन्छ भन्ने कुरालाई फिल्ममा देखाइएको बताए ।

चितवनमा निर्माण गरिएको यो फिल्म एक घण्टाको छ । फिल्म यही फागुनको अन्तिम साताबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मका निर्माता विनोद मिश्र र कार्यकारी निर्माता केडी प्रेषित छन् ।

फिल्ममा साहित्यकार आरती अधिकारीको कथा, रफी शाहको आलेख, सम्राट थापाको पाश्र्व संगीत, मन्दिल श्रेष्ठको सम्पादन, सुजन बिसीको छायांकन, विमल लामाको संगीत छ । निर्देशक अधिकारीका अनुसार फिल्मलाई विभिन्न च्यारिटी शो र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन गरेपछि मात्र व्यावसायिक पमा नेपालमा प्रदर्शन गरिने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।