‘एमालेलाई घेर्ने योजना सफल हुँदैन’

काठमाडौँ, १५ फागुन । नेकपा ९एमाले० का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गर्नुभएको छ । बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय शनिबार उद्घाटन गर्दै उहाँले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताउनुभयो ।

उहाँले एमालेलाई घेर्ने र बन्दी बनाउने योजना सफल नहुने जिकिर पनि गर्नुभयो । प्रदेश सांसद एवं एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले स्थानीय तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउन एकजुट हुन आग्रह गर्नुभयो ।नगरपालिकाका प्रमुख उद्धव खरेलले ।स्थानीय तहको वर्तमान कार्यकालमा आफूहरुले जनताका पक्षमा धेरै काम गरेको जनाउनुभयो । (रासस)

विद्यालयमा खानेपानी समस्या
तुलसीपुर, १५ फागुन (रासस) ःपाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ । शौचालय जानेसमेत पानी पाइँदैन । विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन । यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो, दाङ शान्तिनगर गाउँपालिका–३ केराघारीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय ।

सो विद्यालय विसं २०१७ मा स्थापाना भएको थियो । तत्कालीन जनयुद्धका समयमा तत्कालीन नेकपा (माओवादी)का वरिष्ठ नेता मोहन वैद्यलेसमेत सो विद्यालयमा अध्यापन गराउनुभएको थियो । तर त्यहाँ अहिलेसम्म खानेपानीको सुविधा पुग्न सकेको छैन । नजिकै खोला बगिरहेको छ, तर त्यो पानी शौच गर्नका लागिसमेत विद्यालयसम्म पु¥याउन सकिएको अवस्था छैन ।

विद्यालय परिसरमा एउटा गैरसरकारी सस्थाले धारा जडान गरेको छ, तर यसमा पानी आउदैन । धारामा कमिला हिँडिरहेका हुन्छन् । शौचालयमा पानी हुँदैन । शौच गर्न खोलाबाट पानी बोक्नु पर्छ । खोलाबाट पानी ल्याउनकै लागि विद्यालयले केही गाग्रीहरूसमेत किनेको छ । यही खोलाबाट विद्यार्थीले पानी बोकेर प्रयोग गर्ने गर्छन् । विडम्बना त के छ भने विद्यार्थीले त्यही खोलाको पानी प्रयोग गर्छन् । गाउँका मान्छेले पनि खोलामा बगिरहेको त्यही पानी प्रयोग गर्ने गरेका छन् । धेरै माथिको मुहानबाट बगेर आएको पानी नै विद्यार्थीले पिउनुपर्ने बाध्यता छ । “हामीले बिभिन्न ठाउँमा पानीको उचित व्यवस्थापनका लागि भनेर पहल ग¥यौँ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर विकले भन्नुभयो, “तर अहिलेसम्म कुनै पनि निकायबाट सहयोग भएको छैन ।”

विद्यार्थी खोलाको दूषित पानी पिउन बाध्य रहेको जनाउँदै यसमा समयमै ध्यान दिनुपर्ने विद्यालयका प्रधानाध्यापक मीनबहादुर केसीले बताउनुभयो । दूषित पानी खाँदा विद्यार्थीलाई असर गर्न सक्ने जनाउँदै यसमा सचेत हुुनुपर्ने उहाँको भनाइ थियो । विद्यालयमा खानेपानीको समस्या देखिएपछि राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले अवलोकन गर्नुभएको छ । उहाँले सो अवसरमा प्रदेशको प्रतिस्थापन बजेटबाट रु आठ लाख बजेटबाट भवन निर्माणको काम सुरु भएको र खानेपानीको समस्या समाधान समेत गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विद्यालयमा पर्खालको पनि उत्तिकै समस्या छ । विद्यालय खुला छ । यसले गर्दा पटक–पटक विद्यालयको झ्यालढोका तोडफोड हुने गरेको प्रअ केसीको भनाइ छ । शिशुदेखि कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा हाल ८३ विद्यार्थी अध्ययनरत छन् भने छ शिक्षक कार्यरत छन् । दुई स्थायी, एक राहत, एक बाल विकासमा कार्यरत र अन्य दुई विद्यालयले व्यहोर्ने गरी शिक्षक र कर्मचारी राखिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।