ब’ला’त्का’र पछि हो’स्टायलका सि’कार बन्दै महिलाहरु
नारायण कुमार राई, धनकुटा । धेरैलाई लाग्न सक्छ जसको हातमा ह’तियार छ शिकार उसैले गर्छ । तर यसको ठीक बिपरित एउटाको ह’तियारले अर्कोलाई सिकार मा’र्न सजिलो भईरहको छ भन्ने कुरा ब’ला’त्कारको घ’टनाहरुमा देखिएका छन् ।
महिलाहरु बिरुद्ध हुने सबै खालका हिं’साको अन्त्य गर्न राज्यले ब’ला’त्का’र बिरुद्धको थप कडा कानून ल्याए पनि महिलाहरुको आडमा यसलाई अरुले आफ्नो अनुकुलतामा प्रयोग गर्नेगरेको देखिएको छ । ब’ला’त्का’र अर्थात् ज’बरजस्ती करणीको घ’टनामा महिलाको बयानलाई समाज र आफन्तहरुबाट आफ्नो अभिष्ट पुरागर्ने ह’तियारका रुपमा उल्टा बकपत्र अर्थात ‘होस्टायल’ गराउने काम बढ्दै गईरहेको कानून ब्यबसायी तथा सामाजिक अभियान्ताहरुको भनाईरहेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा,जिल्ला अदालत धनकुटा र जिल्ला कारागार धनकुटाको ब’ला’त्कार सम्बन्धि तथ्यांक हेर्ने हो भने धनकुटामा ब’ला’त्कारको घ’टनाको चाप अत्याधिक रहेको छ । जसमा अधिकांश मुद्दाहरु ब’ला’त्कार ठहरिए पनि हरेक बर्ष हुने ब’ला’त्कारका मुद्दाहरुमा महिलाहरु होस्टायल भएकै कारण दाबी नपुगेको भनेर पिंडकहरुले सफाई पाउने गरेको कानून ब्यबसायीहरुको भनाई रहेको छ । यसरी महिलाहरुलाई होस्टाय गराएर ब’ला’त्कारको मुद्दालाई कमजोर बनाउन पिंडितका आफन्त,समाज र बिपक्षिहरुको मुख्य भुमिका रहने कानून ब्यबसायी तथा सरोकारवालाहरुको भनाईछ ।
गएको ३ बर्षमा जिल्ला अदालत र जिल्ला कारागार धनकुटाले उपलब्ध गराएको तथ्यांक अनुसार महिलाहरुले होस्टाय भएका कारण ८ जना आरोपितहरुले ब’ला’त्कारको मुद्दामा सफाई पाएका थिए । कानून ब्यबसायी तथा जिला अदालत बार एशोसियसन धनकुटाका निर्वतमान अध््रयक्ष हिमा बस्नेतका अनुसार महिला होस्टायल भएपछि दाबी नगुगेको भन्ने आधारमा प्रतिवादीहरु छुट्ने गरेका छन् । १८ बर्ष भन्दा मुनीका बालिकाहरुका हकमा होस्टायल भएपनि प्राय करणी नै ठहरिएका छन् । तर बयस्क महिला पुरुषको ब’ला’त्कारको मुद्दामा महिलाले ब’ला’त्कार दाबी गरे कसुर ठहरिने र होईन भने दाबी नपुग्ने अर्थात पुरुषले सफाई पाउने कानुनी नजिरहरु रहिआएको छ । यस्ता प्रकृतिका मुद्दाहरुमा महिलाका आफन्त, अभिभावक, प्रतिवादी(बिपक्षी) तथा राजनीतिक समूहबाट प्रभावित केही व्यक्तिहरुले महिलाहरुलाई आफ्नो प्रभाव र अनुकुलतामा पारेर बयान परिवर्तन गर्न(होस्टायल हुन) लगाउने गरेको बस्नेतको भनाई छ । तथापी कतिपय झुट्टा मुद्दा चलाएर महिलाले नै आर्थिक लाभ लिन फसाउने नियतले पनि केही घ’टनाहरु ब’ला’त्कार मुद्दाका रुपमा आउने गरेको उहाँको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयको ३ बर्षे तथ्यांक अनुसार धनकुटामा आत्मह’त्या र भबितब्य ज्यान पछि सबै भन्दा बढी ज’बरजस्ती करणीको जाहेरी रहेको छ । आ.ब.२०७६÷०७७ मा कार्यालयमा आएका १३६ जाहेरी मध्ये १६, आ.ब.२०७७÷०७८ मा १३७ मध्ये १४ र आ.ब.२०७८÷०७९ को माघ मसान्त सम्मका ८४ मध्ये १० वटा उजुरी ज’बरजस्ती करणीका रहेका छन् । ती सबै उजुरीहरु जिल्ला अदालत धनकुटामा मुद्दा दायर भएका थिए । जिल्ला अदालत धनकुटाले दिएको जानकारी अनुसार प्रहरीबाट आएका ती मुद्दाहरु दाबी नपुगेका कारण अर्थात महिला होस्टायल भएका कारण ४ वटा मुद्दामा आरोपितहरुले सफाई पाएका थिए । जसमा आर्थिक बर्ष २०७६÷०७७ मा फैसला भएका १८ करणीका मुद्दाहरुमा २ वटा, आ.ब.२०७७÷०७८ मा फैसला भएका १९ मध्ये १ वटा र आ.ब.२०७८÷०७९ को माघ मसान्त सम्ममा फैसला भएका ३ मध्ये १ वटा मुद्दाले सफाई पाएको थियो । उता जिल्ला कारागार धनकुटाको तथ्यांक अनुसार उक्त ३ आर्थिक बर्षमा ८ जना आरोपितहरुले ब’ला’त्कारको मुद्दाबाट सफाई पाएर पुर्पक्षबाट थुनामुक्त भएका थिए । आ.ब.२०७६÷०७७ मा ५ जना, २०७७÷०७८ मा १ जना र २०७८÷०७९ को माघ मसान्त सम्ममा २ जना बन्दीहरुले पुर्पक्षबाट सफाई पाएको कार्यालयको तथ्यांक छ । २५ जना क्षमता रहेको यस कागारागारमा हाल ७७ पुरुष कैदीबन्दी मध्ये २८ कैदी र १० जना पुर्पक्षका बन्दीहरु गरी ३८ जना अर्थात् ४९ प्रतिशत ज’बरजस्ती करणीका कैदीबन्दीहरु रहेका छन् ।
माथि उल्लेखित अदालत तथा कारागारबाट ज’बरजस्ती करणीको आरोपबाट थुनामुक्त भएका प्राय सबै मुद्दाहरु प्रहरीमा ब’ला’त्कारको दाबी भई अदालतमा होस्टायल भएका हुन् । यस्ता घ’टना हुनुमा महिलाका पछाडि निर्णय गर्ने अर्कै ब्यक्ति भएका कारण ब’ला’त्कारका मुद्दामा महिलाहरुले बयान परिवर्तन गर्नेगरेको उच्च अदालत बार एशोशिएसन धनकुटाका कोषाध्यक्ष नारायणजुन राई बताउनुहुन्छ । ‘पुरुष प्रधान समाज भएकाले अझैपनि धरै महिलाहरु पुरुष वा समाजमा आश्रित छन्’–राई भन्नुहुन्छ,‘प्रहरीमा ब’ला’त्कार भएको हो र अदालतमा पुग्दा हैन भन्न लगाउने उनका परिवारका सदस्य वा समाज हुन्छन् ।’ जुन परनिर्भरताका कारण ब’ला’त्कारका मुद्दामा केहि महिलाहरुले राजनैतिक,सामाजिक तथा पारिवारिक दबावका कारण बयान परिवर्तन गर्नेगरेको उहाँको भनाईछ । यद्यापी केहि घ’टना बाहेक धेरैमा यस्तो नहुने उहाँको भनाई छ ।
गएको केहि बर्ष अधि धनकुटा नगरपालिकाका एक श्रेष्ठ थरका खेलाडीले होटलमा लगेर एक अधिकारी थरकी यूवतीलाई करणी गरेको प्रहरीमा उजुरी परेको थियो । तर उक्त मुद्दा अदालतमा गएपछि यूवतीले बयान परिवर्तन गरेर यूवक पुर्पक्षबाट जेलमुक्त भएका थिए । स्थानियबासीका अनुसार दुबै पक्षको मिलेमतोमा २० देखि ३० लाखका बीचको रकम लेनदेनमा यूवतीका आफ्नै बुवाले छोरीलाई बयान फेर्न लगाएका थिए । त्यस्तै २०७६ साल माघमा धनकुटा नगरपालिकाका एक यूवालाई छथर जोरपाटी निवासी एक यूवतीले आफूलाई ज’बरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिईन् । उक्त मुद्दामा पनि दुबै पक्षको अभिभावकहरुको मिलेमत्तोमा उनीहरुको बिवाहगरी घरजाम गर्ने शर्तमा परिवारले यूवतीको बयान परिवर्तन गर्न लगाएका थिए । करिव ६ महिना पुर्पक्षका लागि कारागारमा रहेका ती यूवा थुनामुक्त भएका थिए ।
तर थुनामुक्त भएर बैवाहिक स’म्बन्धमा रहेका उनीहरु करिव १ बर्ष भित्रमा नै अलग्गिएका थिए । त्यस्तै २ बर्ष अघि महालक्ष्मी नगरपालिका धनकुटाका एक ६० बर्ष नागेका भण्डारी थरका पुरुषले एक दलित महिलालाई ब’ला’त्कार गरेको घ’टना अदालतमा महिलाले बयान परिवर्तन गरेका थिए । गरिव परिवारकी ती महिलालाई मदिरा सेवन गरेर सबैसंग यौ’न स’म्बन्ध राख्ने,राजनैतिक रिसईवीका कारण मुद्दा लगाईएको आदी कारण देखाएर महिलालाई सबैतिरबाट बयान परिवर्तन गर्न बाध्य गराईएको स्थानियबासीहरुले जानकारी दिएका छन् । त्यस्तै भोजपुर पौवादुङ्मा गाउँपालिकाका एक खड्का थरका यूवाले १८ बर्षकी पराजुली थरकी यूवतीलाई दोस्रो बिवाह गरेको अबस्थामा धनकुटामा प’क्राउ गरी उनलाई ब’ला’त्कारको मुद्दा लगाईएको थियो । पछि दुबैपक्षका आफन्तको मिलेमत्तोमा ती यूवतीलाई बयान परवर्तन गराए पछि यूवा पुर्पक्षबाट धनकुटा कारागारबाट जेल मुक्त भएका थिए । गएको माघ महिनामा मात्र धनकुटाको भेडेटारका एक होटलमा लगेर २ यूवतीलाई ब’ला’त्कार गरेको आरोपमा सुनसरीका २ यूवाहरु प’क्राउ परेका थिए । यौ’न स’म्बन्ध भएको ३ महिना पछि आफू ब’ला’त्कारमा परेको भनेर प्रहरीमा किटानी जाहेरी दिने ती यूवतीहरुले पछि अदालतमा बयान परिवर्तन गरेपछि १ बर्षमा यूवाहरु पुर्वक्षबाट थुनामुक्त भएका थिए ।
यस्ता ब’ला’त्कारका घ’टनाहरु शुरुमा गोप्य हुने तर पछि गाउँ समाज र आफन्तले थाहा पाएपछि प्रहरीमा ब’ला’त्कारको जाहेरी दिन लगाउने र अदालतमा महिलाहरुलाई होस्टायल हुन लगाउने गरेको लामो समय देखि वकालत गर्दै आउनुभएका वकिल कृष्ण सेढाईको भनाईछ । पहिला आबेशमा ज’बरजस्ती करणीको उजुरी गरेपनि पछि समाजमा ईन्जत गुम्ने सोचले छोरीहरुले यौ’न स’म्बन्ध राखेका छैनन्,ब’ला’त्कार भएको होईन भन्ने देखाउन आफन्त वा परिवारले नै रकम लिएर अन्य कुनै फाईदा लिएर आफ्ना छोरीहरुलाई बयान परिवर्तन लगाउने गरेको उहाँको भनाई छ । अहिले पनि महिलाहरुलाई ह्रिसक तरिकाले चोटपकट लाग्नेगरी÷घा’ईते हुनेगरी,यौैनाङ्ग क्षतबिक्षत हुनेगरी,बलपूर्वक,डरधम्कीपूर्ण आदी तरिकाले पुरुषले महिला माथि गरेको यौ’न समबन्धलाई मात्र समाजले ब’ला’त्कार मान्दछ । समाजमा एक पुरुषले एक महिलालाई ब’ला’त्कार गर्न सक्दैन । सहमतिमा गरेका सबै यौ’न स’म्बन्ध ब’ला’त्कार हैनन् । बयस्कहरु बीच सहमतिमा यौ’न स’म्बन्ध राखेपछि ब’ला’त्का’र हुंदैन । श्रमती श्रीमान्बाट बलत्कृत हुंदैनन् । यौ’न पेशाकर्मी बलकृत हुंदैनन् भन्ने धारण रहिआएको पाईन्छ । यसरी पुरानै पितृ सतात्मक ब्याप्त सामाजिक सोचका कारण ब’ला’त्कारमा परेका महिलालाई न्याय दिनको सट्टा समाज तथा परिवार जागरुक नदेखिने र मेलमिलाप गर्न लागिपर्ने महिला कानून ब्यबसायी सुमित्रा राईको तर्क छ ।
‘समाजमा ब्याप्त गलत सोचाईका कारण प्रहरीमा परेका केहि मुद्दामा बिभिन्न प्रलोभन र परिबन्धमा पारेर अदालतमा महिलाहरुलाई होस्टायल हुनलगाएको देखिन्छ ।’–राईले भन्नुभयो । यसरी बयान परिवर्तन गराउन लाग्नेहरुमा पिंडक पक्ष र आफनै पक्षका आमाबुवा दाजुभाई आफन्तहरुले नै ब’ला’त्कारलाई लाभ र अबसरका रुपमा प्रयोग गर्नेगरेकोे राईको भनाईछ । जिल्ला अदालत बार एशोशिएसन धनकुटाका अध्यक्ष दिपक गुरागाईले ब’ला’त्कारका मुद्दा अदालतमा होस्टाएल हुनुमा मुख्य कारण भनेको समाज र कानुन बीचको द्वन्द्वका कारण भईरहेको बताउनुहुन्छ । समाजमा १० बर्ष मुनिका बालिका तथा अपांग,असाहय,सामुहिक तथा बिभत्स ब’ला’त्कारपछि ह’त्याका घ’टनाहरुमा समाजको सहानुभूति भएपनि अन्य घ’टनाहरुमा प्राय धेरै मानिसहरु यसलाई ब’ला’त्कार मान्न तयार छैनन् । अहिले १८ बर्ष मुनिका बालबालिकाहरुलाई राज्यले नाबालिक दर्जामा रखेको छ । र ती उमेर समुहका कुनै बालिकाहरुले सोहि उमेर समुहका पुरुष संग सहमतिमा यौ’न स’म्बन्ध राखे वा बिवाह गरे ब’ला’त्कार मानिन्छ । तर धनकुटामा १४÷१५ बर्ष माथि १८ बर्षभन्दा मुनी खुलेआम अनगिन्ती हुने बाल बिवाहहरु समाजले पचाउने गरेका छन् । ‘समाज अझैपनि बालबिवाह तथा एक पटक सहमतिमा भएको यौ’न स’म्बन्ध पछि ब’ला’त्कारका हुनसक्छ भन्ने कुरा मान्न तयार छैनन् ।’–गुरागाई बताउनुहुन्छ,‘जसका कारण ब’ला’त्कारको घ’टनालाई समाजले सामान्य रुपमा लिएर आफ्नो अनुकुलतामा महिलालाई बयान परिवर्तन गर्न लगाउने गरिएको गुरागाई बताउनुहुन्छ ।’
हिंसा र ब’ला’त्कारमा परेका महिलाहरुको सुरक्षा र अधिकारका लागि काम गर्दै आउनु भएका महिला पुनस्थापना केन्द धनकुटाकी संस्थापक अध्यक्ष जया राई(लिम्बू) ले महिलाहरुलाई होस्टायल हुनबाट जोगाउन सेफ हाउस निर्माण गर्नुपरेकोे बताउनुभयो ।
‘राजनैतिक तथा सामाजिक दबाव र प्रभावले महिलाहरु होस्टायल हुने घ’टनाहरु देखिएकाले उनीहरुलाई बचाउनका सुरक्षा बास(सेफ हाउस) सन्चालन गरेका हौं ।‘–राईले भन्नुभयो । उहाँको पनि ब’ला’त्कारका घ’टनाहरुमा महिलाहरुले आफ्नो स्वबिवेकले नभई पिंडक र आफन्तबाट बयान परिवर्तन गराउन लगाउने गरिएको अनुभव सुनाउनुभयो । उता मानव अधिकारका क्षेत्रमा जिल्लामा रहेर काम गरिरहेका ईन्सेक धनकुटा प्रतिनीधि ईश्वर थापाका अनुसार जिल्लाका हरेक ब’ला’त्कारका घ’टनामा पिंडक वा आफन्तबाटै केश होस्टायल गर्न दबाव र प्रभाव शिर्जना हुने गरेका छन् । जसमा केहि घ’टनाहरुमा महिलाहरु आफन्त,समाज र बिपक्षिबाट प्रलोभन वा प्रभावमा परि होस्टायल हुनेगरेको थापाले जानकारी दिनुभयो । उमेर पुगेकाहरुको हकमा सहमतिमा नै यौ’न सम्पर्क भएपनि पछि तीनका घरपरिवार र आफन्तले थाहा पाएपछि महिलाहरुलाई प्रभावमा पारेर ज’बरजस्ती करणी ठहर हुने र नहुने खालका वाताबरण बनिरहेको धनकुटाका पुराना कानुन ब्यबसायी तथा प्राधापक डाक्टर गोपाल बहादुर भट्टराईको पनि भनाई छ । यसले महिला र पुरुष दुबैलाई आर्थिक तथा सामाजिक रुपमा ठूलो नोक्सानी भईरहेको उहाँ बताउनु हुन्छ ।
ब’ला’त्का’र सम्बन्धि कानूनी ब्यबस्था,सामाजिक बुझाई र होस्टायल हुनुका कारण
‘सहमतीमा भएको यौ’न स’म्बन्धलाई पछि महिलाले आफू बलत्कृत भएको महसुश गरेको खण्डमा ज’बरजस्ती करणी(ब’ला’त्कार) भएको ठहर्ने थुप्रे फैसला र नजिहरु पनि छन् । ब’ला’त्कारमा परेका महिला तथा बालबालिकाहरुलाई अदालतमा होस्टायल गराउन आफन्तहरु नै लागिपरेको देखिन्छ । आफूलाई लाग्ने सहमतिय यौ’न स’म्बन्ध कानूनको परिधिले ब’ला’त्कार भित्र पर्छ भन्ने कुरा समाज र पुरुषहरुले अझै बुझ्न बाँकी छ । ’

राजन बास्तोला
श्रेस्तेदार(रजिष्टार)
जिल्ला अदालत धनकुटा
कसैले कुनै महिलालाको सहमति÷मन्जुरी बिना करणी गरेमा वा १८ बर्ष भन्दा मुनीका बालिकाहरुलाई सहमतिमा नै यौ’न स’म्बन्ध राखेपनि ब’ला’त्कार मानिन्छ । यस्तो अबस्थामा उमेर र परिस्थिति हेरेर ७ देखि जन्म कैद हुने गर्दछ । संबिधान तथा कानूनले १८ बर्ष भन्दा मुनिका यूवा÷यूवती वा बालबालिका बीच सहमतिमा भएको यौ’न स’म्बन्धलाई ब’ला’त्कार मानेको छ । बालबिवाहलाई संबिधान र कानूनले ज’बरजस्ती करणी (ब’ला’त्कार) मान्दछ । तर हाम्रो समाजमा १३÷१४ बर्ष माथि र १८ बर्ष भन्दा मुनीका केटाकेटीहरु बीचको बिवाहलाई सामान्य रुपमा लिने चलन अझै छ । र बयस्कहरु बीच सहमतिमा भएको यौ’न स’म्बन्धलाई कानूनले ब’ला’त्कार मानिदैन तर त्यो डरत्रास,करकाप,अनुचित प्रभावमापारी झुक्याएर परिबन्धमा पारी करणी हुन्छ भने त्यो ज’बरजस्ती करणीको अपराध भित्र पर्दछ । शुरुमा सहमतीमा भएको यौ’न स’म्बन्धमा कटुता उत्पन्न भई महिलाले आफू ब’लत्कृत भएको महसुश गरी ज’बरजस्ती करणीको दाबी लिने गरेको पनि पाईन्छ र यस सम्बन्धि ज’बरजस्ती करणी(ब’ला’त्कार) भएको ठहर्ने थुप्रे फैसला र नजिहरु पनि छन् ।
यी माथिका दुबै बिषय बस्तुहरुको ज्ञान र गाम्भिर्यता थाहा नहुंदा आफूलाई लाग्ने सहमतिय यौ’न स’म्बन्ध कानूनको परिधिले ब’ला’त्कार भित्र पर्छ भन्ने कुरा समाज र पुरुषहरुले अझै बुझ्न बाँकी छ । यसरी संबिधान÷कानून र समाज बीचको बुझाईमा एकरुपता नहुंदा ब’ला’त्कारका मुद्दाहरुलाई हल्का रुपमा लिनाले यसले बिकराल समस्या निम्त्याउन थालेको छ । ब’ला’त्कारमा परेका महिला तथा बालबालिकाहरुलाई अदालतमा होस्टायल हुनेगरेको पनि पाईन्छ । यसरी होस्टायल गराउन प्रत्यक्ष परोक्षरुपमा समाज र आफन्तहरु नै लागिपरेको देखिन्छ । अर्को तर्फ कानूनकोे अनभिज्ञतामा भएको प्रेम स’म्बन्ध,सहमतीमा भएको करणी पछि बिभिन्न कारणले भएको असहमतिय करणी,करकापको जाहेरी आदि अबस्थामा पनि अदालतमा होस्टालय हुने प्रबृति देखिन्छ । यसरी होस्टायल हुंदा महिला वा बालिका आफू यौ’न कर्ममा नफंसेको र सुद्धिकरण भएको महसुश गर्ने जबसजस्ती नठहरोस र पिंडकले उन्मूक्ति पाओस भन्ने सजायमा छुट र जरिवाना नहोस् भन्ने पिंडितकै भावना,समाजमा स्थापित हुन अफ्ठ्यारो पर्ने अबस्था,पिडकले भाबि दिनमा पिंडा दिन सक्ला भन्ने भय जस्ता कारणहरुले समेत यस्ता मुद्दाहरुमा महिला तथा बालबालिका होस्टायल हुने अबस्था सिर्जना हुनेगर्दछ । यसरी होस्टायल हुंदा पिंडकलाई सजाय र जरिवाना कम हुनसक्ने कानूनी ब्यबस्था भएका कारण पनि यस्तो भईरहेको अनुमान गर्न सकिन्छ ।
ब’ला’त्कार सम्बन्धि कसुर र सजाय
मुलुकी अपराध सहिंता २०७४ को संशोधित ऐनको परिच्छेद १८ को करणी सम्बन्धी कसूरका बिभिन्न दफा तथा महल अनुसार ५ बर्ष देखि ३० बर्ष सम्म सजायको ब्यबस्था रहेको छ । जसमा श्रीमतीलाई करणी गरेमा ५ बर्ष तथा १० बर्ष भन्दा कम उमेरका बालिका पूर्ण अशक्त,अपांग वा ७० बर्ष माथिका महिलालाई करणी गरेमा जन्मकैद अर्थात् २५ बर्ष कैद हुने ब्यबस्था छ । ऐनमा १८ बर्ष मुनि तथा १० बर्ष माथिका बालिकाहरुलाई करणी गरेमा न्युनतम ७ देखि १८ बर्ष सम्म सजाय हुने ब्यबस्था रहेको छ । सामुहिक ब’ला’त्कार,अपांग,अशक्त,मानसिक रुपमा अस्वस्थ्य महिला,६ महिना माथिका ग’र्भवती तथा ह’तियार देखाई क’रणी गरेको ठहरिएमा जन्म कैदमा थप ५ बर्ष गरी ३० बर्ष सम्म कैद हुने ब्यबस्था रहेको छ ।
सरकारवादी फौजदारी कानून अन्तर्गत अहिले नेपालमा ब’ला’त्कारका मुद्दाको संख्या सबैभन्दा धेरै छ भन्दा फरक नपर्ला । यसमा होस्टायल मुद्दा भन्दा सजायको संख्या ज्यादै धेरै छ तर त्यति नै धेरै ब’ला’त्कारका घ’टनामा न्याय दिन समाजको कन्जुस्याईं पनि देखिएको छ । वर्तमान पुरुष प्रधान समाजलाई ब’ला’त्कार सम्बन्धि नयां कानून खाईपाई आएको बेतन खोस्ने ह’तियार जस्तैै अनुभूति गराएका कारण पनि समाजले ब’ला’त्कारका प्राय घ’टनालाई गम्भिर रुपमा नलिएको देखिंन्छ । एउटा बयस्क महिलाले सहमतिमा यौ’न स’म्बन्ध राखेपनि पछि उनले ब’ला’त्कार दाबी गर्दा आफू बिभिन्न परिवन्धमा परेर बलत्कृत भएको भनेर पेश गर्ने तर्क र तजबिजका आधारमा कानूनले ब’ला’त्कार ठहराएको नजिरहरु प्रति पुरुष वा समाज पूर्ण सहमत तथा बिश्वस्त हुन सकेको छैन । ब’ला’त्कारको मुद्दामा नबुझेर होस् या कानूनमा भएका केहि अस्पष्ट प्रावधानका कारण नेपालका धेरै पुरुषहरु यसको चपेटामा परेका छन् । पुरातन शैलीबाट चलिआएको यौ’न गतिबिधि तथा बाल बिवाहलाई कानूनले अपराध मानेपनि समाजले अपराध मानिएको छैन । जिल्लाका कतिपय कानून ब्यबसायीहले प्रेममा धोका र बाल बिवाहलाई अभिभावक वा समाजले अस्वीकार गर्दा मात्र पुरुषलाई ब’ला’त्कारको सजाय हुने गरेको छ ।
१८ बर्ष भन्दा मुनीका यस्ता घ’टनामा केटालाई न्यूनतम १० बर्ष जेल सजाय हुने कानूनी ब्यबस्था भएपनि पिंडित भनिएकी यूवती नै रुंदैकराउँदै यूवकको सजाय माफीको याचना गरेको घ’टना पनि छन् । नयाँ कानुन आएपछि महिलाले आफू ब’ला’त्कार भएको १ बर्ष भित्र उजुरी दिनसक्ने हदम्यादको प्रावधान रहेको छ । जसले गर्दा ७२ घण्टा भित्रमा नष्ट हुने ब’ला’त्कारका मुख्य प्रमाणहरु १ बर्षमा कुनै नरहने भएपनि महिलाहरुले बोलकै भरमा पनि पुरुषले ब’ला’त्कारको सजाय पाउने गरेको केहि कानून ब्यबसायीहरुको भनाई छ । यसले बिशेष गरेर पुरुष तथा घरपरिवारको जीवनमा संधै त्रासको वाताबरण रहेकाले ब’ला’त्कार सम्बन्धी कानूको पुनः लेखनका लागि यसलाई खुल्ला बहसमा लैजानुपर्ने आवश्यकता रहेको कानून ब्यबसायी तथा जानकारहरुको भनाई रहेको छ । अहिलेको आधुनिक युगमा प्रबिधि र सहज जीवन शैलिका कारण १२÷१४ बर्ष देखि नैं बालबालिकाहरु परिपकव भई यौ’न स’म्बन्ध राख्न उत्साहित हुने गरेको सामाजिक धारणा रहेको छ । १८ बर्ष मुनिका एकै उमेर केटाकेटी बिच हुने सहमतिय यौ’न स’म्बन्धलाई कानुनमा ब’ला’त्कार हुने र जसमा केटालाई कम उमेरका कारण न्यूनतम १० बर्ष बालसुधार कारागारमा राखिने कानून रहेको छ ।
तर कानूनले बर्जित गरेपनि १८ बर्षमा अहिले पनि नेपालमा धेरै केटाकेटीहरु १ जना भन्दा बढी सन्तानको आमाबाउ छन् । तशर्थ पनि वर्तमान ब’ला’त्कार सम्बन्धि कानून ब्यापक बहस गरी पुनरावलोकन गनुपर्ने कानून ब्यबसायी तथा आम नागरिकको माग रहेको छ । यसरी संबिधान,कानून र समाज बिचको द्वन्द्वका कारण समाजमा भएको प्राय बत्कारका घ’टनालाई आफू उम्कन होस्टायल गराउने अरुलाई कडा कारवाही गर्ने तथा आफ्ना अभिष्ट पुरा गर्ने ह’तियारका रुपमा लिएको देखिन्छ । तशर्थ संबिधान,कानून र समाजका बीचमा रहेका ज’बरजस्ती करणी सम्बन्धि बिद्यमान द्वन्द्वका कारण ब’ला’त्कारका घ’टनाहरुको न्याय सम्पादनमा बिभिन्न बिवाद र समस्याहरु देखिएका छन् । अहिले सर्बाधिक चर्चामा रहेको यूवा नायक पल शाह र गायीका समिक्षा अधिकारी बिचको ब’ला’त्कार सम्बन्धि बिवाद यसको गतिलो उदाहरण हो । यसर्थ ब’ला’त्कारका बिषयमा कानून र समाज बीच भएको द्वन्द्व र बुझालाई समधान गर्न आम नागरीकका बिचमा यसको पुनरावलोकनका लागि खुल्ला बहसमा लैजानुपर्ने आजको अनिबार्य आवश्यकता देखिएको छ ।


