धनकुटाको पाख्रीबासमा सम्पन्न नगर स्तरिय गायन प्रतियोगिताको उपाधि स्विकृति राईलाई
धनकुटा । धनकुटाको पाख्रीबासमा नगरभित्रका जज्वल्यमान प्रतिभाहरुको प्रतिभालाई उजागार गराउने उद्देश्य सहित एउटा पृथक अभ्यासको रुपमा रुपान्तरणका लागि हाम्रो अभियान,पाख्रीबास धनकुटाको आयोजनामा नगर स्तरिय खुल्ला गायन प्रतियोगिता तथा गजल सांझ सम्पन्न भएको छ ।

प्रतियोगितामा २१ प्रतिष्पर्धीको सहभागिता रहेको थियो । जसमा स्विकृति राई,सिता सिग्देल,आवन राई र इन्द्र बहादुर श्रेष्ठले क्रमश: प्रथम,दोस्रो,तेस्रो र सान्त्वना स्थान/पुरस्कार हासिल गरेका छन् भने उदयमान गायकका रुपमा स्वीकार राई छनौट भएका छन् ।
विजयी प्रथम,दोस्रो र तेस्रो हुने प्रतियोगीहरुलाई क्रमश: ५ हजार,३ हजार र २ हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगिताको निर्णायकमा जेनिश राई ,गंगा गौतम ,पूर्ण चाम्लिङ राई रहेका थिए । त्यस्तै कार्यक्रममा गजल स्रस्टाहरु ईश्वर दाहाल,सुमन स्मारिका र अनन्त अनुरागको गजल वाचनले कार्यक्रमलाई थप आकर्षण प्रदान गरेको थियो ।
नपाका प्रमुख बृख बहादुर राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यिक श्रष्टा,राजनैतिक दलका प्रतिनिधि,स्थानियवासी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन ध्रुव पौडैलले गर्नु भएको थियो ।


