माओवादी केन्द्रको प्रदेश अध्यक्षमा हरिराम चौधरी विजयी

धनगढी, १७ फागुन । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् ।

प्रदेश अध्यक्षका लागि सोमबार भएको मतदानमा राष्ट्रिय सभा सदस्य समेत रहेका उत्सवले अर्का उम्मेदवार (प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री) मानबहादुर धामीलाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।

उत्सवले एक सय १४ मत पाएर विजयी हुँदा अर्को उम्मेदवार धामी ९४ मत मात्रै पाएका थिए । प्रदेश उपाध्यक्षमा मानसिंह माल, रणबहादुर कुँवर र अक्कलबहादुर रावल विजयी भएका छन् । प्रदेश उपाध्यक्षका लागि सात जनाले उम्मेदवारी दिएका थिए ।

माओवादीको प्रदेश सचिवमा अमरसिंह चौधरीलाई पराजित गर्दै जनकबहादुर बुढा विजयी भएका छन् भने सह–सचिवमा रामबाहुर देवकर, नन्दबहादुर साउद र अजिता श्रेष्ठ विजयी भएका छन् । सह-सचिवमा पाँच जनाले उम्मेदवारी दिएका थिए । माओवादी केन्द्रको प्रदेश कोषाध्यक्षमा बिनिता विकलाई पराजित गर्दै कमलकुमार शाह विजयी भएका छन् ।

गत पुसमा भएको प्रदेश सम्मेलनले प्रदेश सदस्यहरूको चयन गरेको थियो । प्रदेश सदस्यहरू मध्येबाट नै पदाधिकारी चयन गरिने भए पनि सहमति हुन नसक्दा निर्वाचन भएको हो । प्रदेश समितिमा एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना सचिव, तीन जना सहसचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।