खोटाङमा एमालेले तोक्यो पालिका इन्चार्ज र सहइन्चार्ज

खोटाङ, १८ फागुन । नेकपा (एमाले) खोटाङले पालिका इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । २३ र २४ पुसमा सम्पन्न सातौं जिल्ला अधिवेशनपछि मंगलबार बसेको पहिलो सचिवालय बैठकले जिल्लाका १० वटै पालिकामा इन्चार्ज र सहइन्चार्ज तोकेको हो ।

एमाले जिल्ला उपसचिव सुरेन्द्रकुमार राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विणादेवी राई इन्चार्ज तथा दिनेश साम्पाङ र अनिसा खनाल सहइन्चार्ज, हलेसी तुवाचुङ नगरपालिकामा रमेश तिवारी इन्चार्ज तथा किशोर श्रेष्ठ र कुमार बुढाथोकी सहइन्चार्ज तोकिएका छन् ।

ऐसेलुखर्क गाउँपालिकामा गिरेन राईले इन्चार्ज तथा पुष्पकला भुजेल र गणेश नेपालले सहइन्चार्ज, केपिलासगढी गाउँपालिकामा कृष्णकुमार राईले इन्चार्ज तथा खगेन्द्र गुरुङ र अडिराम राईले सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

खोटेहाङ गाउँपालिका इन्चार्जमा राजन बञ्जरा तथा सहइन्चार्जमा कविता राई र कृष्णकुमार राई, जन्तेढुंगा गाउँपालिका इन्चार्जमा तिलक बस्नेत तथा सहइन्चार्जमा शंखरबहादुर राई र विदुरमान राई तोकिएका छन् ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा लोकेन्द्र राईले इन्चार्ज तथा भीमबहादुर खत्री र विनोद संसारले सहइन्चार्ज, बराहपोखरी गाउँपालिकामा गोमा मगरले इन्चार्ज तथा रुद्र विष्ट र दिलबहादुर राईले सहइन्चार्ज, रावाबेँसी गाउँपालिकामा लिलानाथ निरौलाले इन्चार्ज तथा खेमराज राई र बाबुराम जोशीले सहइन्चार्ज, साकेला गाउँपालिकामा गोपीकृष्ण खड्काले इन्चार्ज तथा धनपाल राई र शिव बस्नेतले सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

१ सय ९ सदस्यीय जिल्ला कमिटीका पदाधिकारीकाे जिम्मेवारी पनि बाँडफाँट भएको एमालेले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।