पल शाहलाई थप १२ दिन थुनामा राख्न अदालतको अनुमति
तनहुँ, २२ फागुन । नाबालिग गायिकामाथि ज’बरजस्ती क’रण गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।
जिल्ला प्रहरी कार्यालयको न्यायिक हिरासतमा रहेका आ’रोपी शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत तनहुँले अनुमति दिएको हो ।
यसअघि अदालतले उननलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न तनहुँ प्रहरीलाई म्याद दिएको थियो ।
नाबालिग गायिकालाई ज’बरज’स्ती क’रणी गरेको आरोपमा उजुरी परेपछि एक साताअघि १५ फागुनमा शाहले तनहुँ प्रहरी गिरफ्तारी दिएका थिए ।


