‘मिस उर्लाबारी’को तेस्रो संस्करणको तयारी

उर्लाबारी, २८ फागुन । युवतीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले सञ्चालित ‘मिस उर्लाबारी’को तेस्रो संस्करणको तयारी सुरु भएको छ । प्रतियोगिताका लागि पहिलो अडिसनसमेत उर्लाबारीमा गरिएको छ । सेन्ट्रल फेशन हब उर्लाबारीको आयोजनामा हुने प्रतियोगिताको पहिलो अडिसनमा १८ जना युवतीहरुको सहभागिता रहेको आयोजक तथा संयोजक जीवन चिमरियाले बताए ।

दोस्रो चरणको अडिसन आज शनिबार हुँदैछ । पहिलो चरणको अडिसनमा ‘मिस पूर्वाञ्चल २०१९’ की विजेता रिजु भट्टराई, बैंकर सुमन गिरी, सामाजिक क्षेत्रबाट सरिता केसी, शिक्षा क्षेत्रबाट ज्ञानेन्द्र सुनारले निर्णायक थिए ।

दोस्रो चरणको अडिसन सकेर सहभागीहरुको फाइनल नाम सार्वजनिक गर्दै बन्द प्रशिक्षण थाल्ने आयोजकले जनाएको छ । यस पटक ‘मिस उर्लाबारी’मा सहभागीहरुले कुनै शुल्क तिर्नु नपर्ने भएको छ । प्रशिक्षण शुल्कसमेत नलिने संयोजक चिमरियाको भनाई छ । चैत्र अन्तिममा फिनाले गर्ने गरी तयारी थालिएको मिस उर्लाबारीको पहिलो संस्करणको विजेता नेमिता आङबुहाङ हुन् भने दोस्रो संस्करणको विजेता रुशाली केसी हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।