प्रकाश सपुतको गीतले जनयु’द्धको विरोध गरेको छैन, अपूर्ण क्रान्तिको पीडा दर्शाएको छ- बाबुराम भट्टराई

काठमाडाैं, २९ फागुन । प्रकाश सुपतकाे ‘पीर’ नामक गीतमाथि माओवादी निकटस्थहरुले तिखाे टिप्पणी गरिरहेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गीतमा आपत्ति मान्नुपर्ने कुरा नरहेकाे बताएका छन् ।

बरु उनले याे गीतले अपूर्ण क्रान्तिकाे पीडा दर्शाएकाे र त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।

गत शुक्रबार सार्वजनिक भएकाे गीतमा १० वर्ष सशस्त्र द्वन्द्वकाे नेतृत्व गरेकाे नेकपा माओवादी हाल (नेकपा माओवादी केन्द्र)माथि समीक्षा गरिएकाे छ । तत्कालीन अवस्थामा लडाइँमा हाेमिएका छापामारकाे पीडा गीतमा पाेखिएकाे छ ।

याे गीतमा वैदेशिक राेजगारीकाे पीडादेखि देहव्यापारसम्मलाई दृष्टान्त बनाइएकाे छ । तर, यसमाथि टिकाटिप्पणी भइरहेका बेला पूर्वमाओवादीसमेत रहेका भट्टराईले धारणा सार्वजनिक गरेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘म पनि जनयु’द्धको एक अगुवा हुनुको नाताले @PrakashSaput को गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन ।अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।