खोटाङका विद्यालयमा सडक नाटक ‘बोध’

खोटाङ । खोटाङका विभिन्न विद्यालयमा चेतनामूलक सडक नाटक ‘बोध’ मञ्चन गरिएको छ। कुलतमा लाग्दा कस्तो मनोवैज्ञानिक असर पर्छ भन्ने विषयवस्तुमा आधारित रहेर उक्त नाटक तयार पारिएको हो।

उक्त नाटक खोटाङको हलेसी तुवाचुङका च्यास्मिटार मावि च्यास्मिटार र महेन्द्रद्वय मावि हलेसीमा मञ्चन गरिएको हो। हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरेको सो नाटकले लागुऔषधको प्रयोगले युवा पुस्तामा पर्ने असर, त्यसबाट समाजमा भएका विविध सामाजिक घटना समेटेको छ।

पुर्खाजित राईको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा जेबी डिसी, ज्योति राई, बृहसमान सुनुवार, योगिन राई, उदिम चाम्लिङ, रोजिना खनाल र तुलसा राईको अभिनय रहेको छ।

नाटकका पात्रसमेत रहेका डिसीले यही विषयवस्तुमा केही वर्षअघि ‘सिग्नेचर’ नामक चलचित्रमा अभिनयसमेत गरेका थिए। त्यही अनुभवलाई यस नाटकमा मिहीन तरिकाले प्रस्तुत गरिएको उनले बताए।

सामाजिक जनचेतना बोकेको विषयवस्तुमा काम गर्न रुचाउने डिसीले लुकामारी, मन्दिरा, घनचक्करलगायत चलचित्रमा समेत काम गरेका छन्।

नाटकमा काम गर्दागर्दै चलचित्र क्षेत्रमा प्रवेश गरेका डिसी चलचित्रमा अभिनयसँगसँगै विभिन्न नाटक निर्माणमा पनि जुट्दै आएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖