बसको ठक्करबाट इलामका राईको मृ त्यु
झापा,चैत १ । झापाको कमल गाउँपालिका-५ सितापुरी स्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदल यात्रीको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा ईलाम सुर्योदय नगरपालिका-१ का ३९ बर्षीय कमल राई रहेका छन् । हिजो बेलुका साँढे सात बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु.१ ख ८८३६ नम्बरको बसले ठक्कर दिदा घाईते भएका राईको उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृ त्यु भएको थियो ।
बस र चालक रुपन्देही बुटवलका ५२ बर्षीय पुर्ण बहादुर पौडेललाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


