स्थानीयले बनाए सेभेन साइजको खेलमैदान

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका स्थानीयले खेल मैदान निर्माण गरेका छन् । खेलकुदको विकासका लागि स्थानीयले आपसमा सहयोग जुटाएर बाम्राङको कट्टीमा सेभेन साइजको परशुराज राई बहुउद्देश्यीय खेल मैदान निर्माण गरेका हुन् ।

स्थानीय कट्टी प्राकृतिक सामुदायिक वन उपभोक्ता समिति, रोजगारीका सिलसिलामा स्वदेश तथा विदेशमा रहेका स्थानीयको सहयोगमा संकलन भएको दुई लाख ५२ हजारको खर्चमा खेल मैदान निर्माण गरिएको हो ।

भूतपूर्व बेलायती सेना परशुराज राईको परिवारले निःशुल्क उपलब्ध गराएको १२ रोपनी जग्गामा ६० मिटर लम्बाई र ३० मिटर चौडाइ भएको खेलमैदान निर्माण गरिएको हो । सहयोग जुटाउँदै क्रमशः नाइन साइजको बनाउने गरी खेतीयोग्य जग्गामा खेलमैदान निर्माण सुरु गरिएको हो । खेलमैदानका लागि थप जग्गा आवश्यक परे राई परिवारले पुनः उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । निःशुल्क जग्गा उपलब्ध गराएकै कारण खेलमैदानको नाम परशुराज राई बहुउद्देश्यीय राखिएको हो । स्काभेटर प्रयोग गरेर चार दिनमा सेभेन साइजको खेलमैदान बनाइएको हो ।

स्थानीय अजम्बरी युवा समिति, हाल हङकङ निवासी तेजप्रकाश राई, बाम्राङ युवा क्लबका अध्यक्ष कृतमान राई लगायतको अगुवाइमा कट्टीमा खेलमैदान निर्माण सुरु गरिएको हो । खेलमैदानका लागि निःशुल्क जग्गा उपलब्ध गराउने परशुराज राईको परिवार तथा आर्थिक सहयोग गर्ने दातालाई बुधबार सम्मान गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।