खोटेहाङमा मौज्दात बजेट २ करोड ८५ लाख बिनियोजन

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले गत आर्थिक वर्षको मौज्दात बजेट विभिन्न योजनाका लागि बिनियोजन गरेको छ । दशौं गाउँसभामार्फत गाउँपालिकाले कतिपय पुर्वनिर्धारित तथा कतिपय नयाँ योजनाका लागि मौज्दात बजेट २ करोड ८५ लाख बिनियोजन गरेको हो ।

संशोधित वजेट तथा कार्यक्रममा मौज्दातबाट सञ्चालन हुनेगरी पुँजीगत योजनातर्फ आधारभुत अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार, केन्द्रिय विद्युतीकरण (खोटेहाङ गाउँपालिका–१, २ र ३), सडक गुरुयोजना निर्माण, एम्बूलेन्स खरिद, साना सिँचाई लगायतका समपुरक योजनाका लागि १ करोड ७६ लाख ८८ हजार विनियोजन गरिएको छ । यसमध्ये अस्पतालको डिपिआर तयार पार्ने योजना नयाँ हो । विद्युतीकरणका लागि ४० लाख विनियोजन गरिएकामा गाउँसभामार्फत एक करोड पुर्‍याइएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।

यस्तै, गाउँपालिकाको वृत्तचित्र निर्माण, कक्षा ६ को स्थानीय पाठ्याक्रम निर्माण, पाँच वर्षको प्रमुख उपलव्धी प्रकाशन, बालविकास केन्द्र तथा विद्यालय कर्मचारीको तलव भत्ता वृद्धि, विपद व्यवस्थान कोष, औषधि खरिद लगायतका कार्यक्रमका लागि एकमुष्ट १ करोड ८ लाख १२ हजार विनियोजन गरिएको छ । यसमध्ये साविकको विपद व्यवस्थान कोष र औषधि खरिद शिर्षकमा गाउँसभामार्फत बजेट थप गरिएको गाउँपालिकाले विज्ञाप्तीमार्फत जानकारी दिएको छ ।

गाउँसभाले गाउँपालिकाको लिखत प्रमाणीकरण कार्यविधि विधेयक, चालु आर्थिक वर्ष २०७८/०७९ को संशोधित विनियोजन विधेयक, न्यायिक समितिले उजुरीको किनारा गर्दा अपनाउनुपर्ने कार्यविधि सम्वन्धमा बनेको विद्येयक, न्यायिक समितिको प्रतिबेदन, आन्तरिक लेखा परिक्षण प्रतिबेदन छलफल गर्दै पारित गरिएको छ । यस्तै, आर्थिक वर्ष २०७७/०७८ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा गाउँपालिकाले प्राप्त गरेको अंक ६३.५ सम्वन्धी जानकारी र महालेखा परिक्षण २०७७/०७८ को प्रारम्भिक प्रतिबेदनबाट औंल्याइएका बेरुजुको फछ्र्यौट सम्वन्धी छलफल गर्दै पारित गरिएको विज्ञाप्तीमा जनाइएको छ ।

गाउँसभा उपाध्यक्ष कविता राईले प्रस्तुत गरेको चालु आर्थिक वर्ष विनियोजित कुल ५५ करोड ११ लाख ५२ हजार बराबरको योजनाको प्रगती समिक्षा गर्दै पारित गरिएको जनाइएको छ । गाउँसभा २९ फागुन र ३० फागुनमा सम्पन्न भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।