आदिवासी जनजाति महासङ्घ सप्तरीमा प्रधान

सप्तरी, ६ चैत । आदिवासी जनजाति महासङ्घ सप्तरीको जिल्ला अधिबेशनले अरुणकुमार प्रधानलाई अध्यक्षमा चयन गरेको छ । शम्भुनाथ नगरपालिकास्थित आदिवासी जनजाति भवन कठौनामा आयोजित चौथो जिल्ला अधिवेशनले प्रधानको अध्यक्षतामा २१ सदस्यीय समिति निर्माण गरेको हो ।

नवनिर्वाचित समितिका उपाध्यक्षमा उपेशकुमार सिंह, इन्द्रनारायण मण्डल र शर्मिला चौधरी, सचिवमा अरबिन्दकुमार चौधरी, सहसचिवहरूमा रवीना तामाङ, उद्धवकुमार भुजेल र रञ्जना खपाङ्गी मगर तथा कोषाध्यक्षमा सूर्यमान तामाङ चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरूमा उज्वल चौधरी, दीपेन्द्रकुमार चौधरी, मनमाया थोकर, कुशवाहाकान्त मण्डल, गोपालप्रसाद चौधरी र देवी जोशी रहनुभएको छ । जिल्ला समितिमा बाँकी छ सदस्य मनोनित गरिने निर्णय भएको निर्वाचन समिति सदस्य एवं महासङ्घका पूर्वअध्यक्ष यमबहादुर खपाङ्गी मगरले जानकारी दिनुभयो ।

यसअघि शनिबार मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।