लेटाङ घटनाबारे बुझ्न मोरङका सिडिओ घटनास्थलमा

मोरङ, ७ चैत । लेटाङ घटनाबारे बुझ्न मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) घटनास्थल पुगेका छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल सुरक्षा निकायका प्रमुखसहित घटनास्थलमा पुगेका हुन् । लेटाङ नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष भुमसूर्य मगरले अहिले उक्त क्षेत्रको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी घटनास्थलमा आएको बताए ।

सिडिओ दाहालले त्यहाँका स्थानीय जनप्रतिनिधि तथा स्थानीयसँग घटनामा संलग्नलाई कारबाही गर्न सहजीकरण गर्न अनुरोध गरे । ‘जे नहुनु थियो त्यही भयो । यसमा दोषीमाथि कानुनअनुसार कारबाही हुन्छ । त्यसका लागि तपाईहरूले सहजीकरण गरिदिनुपर्‍यो भन्नु भएको छ,’ वडाध्यक्ष मगरले भने ।

लेटाङमा साेमबार बिहानदेखि लगाइएको क र्फ्यू हटाउने विषयमा पनि सिडिओ दाहालले जनप्रतिनिधिसँग छलफल गरेका छन् । ‘क र्फ्यूलाई कसरी हटाउन सकिन्छ ? त्यसका लागि कसले के गर्नुपर्छ, आफ्नो भूमिका अनुसार प्रस्तुत हुनुपर्यो भन्नुभयो,’ वडाअध्यक्ष मगरले भने

क र्फ्यू लागेपछि अहिले उक्त क्षेत्र सुनसान बनेको छ । स्थानीय निकै त्रसिद बनेका छन् । प्रहरीले अहिलेसम्म पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूसँग सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

लेटाङको शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेललाई कारबाहीको माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए । कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौ न दु र्व्यव हार गरेको भन्दै स्थानीयले आइतबार विद्यालय घेराऊ गर्दै विरोध प्रदर्शन गरेका थिए ।

शिक्षक पौडेललाई पक्राउ गरेर प्रहरीले लैजाने क्रममा स्थानीयल अवरोध गरेका थिए । सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको ह त्या गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।