मोरङको लेटाङमा भएको घटनामा मृ त्यु भएकी प्रहरी जवानको श्रद्धाञ्जली अर्पण
बिराटनगर, चैत्र ७ । मोरङको बिराटनगर-७ स्थित कोशी अस्पताल परिषरमा लेटाङ-५ स्थित शिक्षा बिकाश माध्यमिक बिधालयमा भएको घटनामा मृत्यु भएकि प्रहरी जवान उर्मिला श्रेष्ठको पार्थिव शरिरमा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले नेपाल प्रहरी संगठनको झण्डा ओढाउनु भई पुष्प गुच्छा सहित श्रद्धाञ्जली अर्पण गर्नु भएको हो ।
साथै प्रहरीको बैण्ड सहितको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।
सिडिओ घटनास्थलमा
मोरङ, ७ चैत । लेटाङ घटनाबारे बुझ्न मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) घटनास्थल पुगेका छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल सुरक्षा निकायका प्रमुखसहित घटनास्थलमा पुगेका हुन् । लेटाङ नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष भुमसूर्य मगरले अहिले उक्त क्षेत्रको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी घटनास्थलमा आएको बताए ।
सिडिओ दाहालले त्यहाँका स्थानीय जनप्रतिनिधि तथा स्थानीयसँग घटनामा संलग्नलाई कारबाही गर्न सहजीकरण गर्न अनुरोध गरे । ‘जे नहुनु थियो त्यही भयो । यसमा दोषीमाथि कानुनअनुसार कारबाही हुन्छ । त्यसका लागि तपाईहरूले सहजीकरण गरिदिनुपर्यो भन्नु भएको छ,’ वडाध्यक्ष मगरले भने ।
लेटाङमा साेमबार बिहानदेखि लगाइएको क र्फ्यू हटाउने विषयमा पनि सिडिओ दाहालले जनप्रतिनिधिसँग छलफल गरेका छन् । ‘क र्फ्यूलाई कसरी हटाउन सकिन्छ ? त्यसका लागि कसले के गर्नुपर्छ, आफ्नो भूमिका अनुसार प्रस्तुत हुनुपर्यो भन्नुभयो,’ वडाअध्यक्ष मगरले भने
क र्फ्यू लागेपछि अहिले उक्त क्षेत्र सुनसान बनेको छ । स्थानीय निकै त्रसिद बनेका छन् । प्रहरीले अहिलेसम्म पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूसँग सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
लेटाङको शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेललाई कारबाहीको माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए । कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौ न दु र्व्यव हार गरेको भन्दै स्थानीयले आइतबार विद्यालय घेराऊ गर्दै विरोध प्रदर्शन गरेका थिए ।
शिक्षक पौडेललाई पक्राउ गरेर प्रहरीले लैजाने क्रममा स्थानीयल अवरोध गरेका थिए । सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको ह त्या गरिएको थियो ।


