अको¥याबको दुईदिने राष्ट्रिय सम्मेलन सुरु

नेपालगञ्ज ,९ चैत । सामुदायिक रेडियो प्रशारक सङ्घ (अको¥याब) को दुईदिने राष्ट्रिय सम्मेलन तथा साधारणसभा आजदेखि यहाँ सुरु भएको छ । कानुन तथा न्यायमन्त्री दिलेन्द्रप्रसाद बडूले सम्मलेनको उद्घाटन गर्दै अहिलेको सरकार विशेष परिस्थितिमा विशेष उत्तरदायित्व र जिम्मेवारी लिएर निर्माण भएको उल्लेख गर्नुभयो ।

उहाँले संविधानको सर्वोच्चता स्थापना गर्न सरकार निर्माण भएको जिकिर गर्दै सामुदायिक रेडियोले सांस्कृतिक चेतनाको विकासका साथसाथै संविधानको रक्षा गरेको बताउनुभयो । मन्त्री बडूले भन्नुभयो, “जनताप्रति जवाफदेही बनाउने काम पनि रेडियोले गरेको छ ।”

सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले सरकार आम सञ्चार प्रतिष्ठान स्थापनाको तायारीमा लागेको जानकारी दिँदै सञ्चारमाध्यमलाई नियमन गर्न खाजेको र नियन्त्रण नभएको बताउनुभयो । उहाँले सामुदायिक रेडियोले सामाजिक रुपान्तरणमा गरेको योगदानको प्रशंसा गर्दै रेडियोका कतिपय नीतिगत सुधारका काम भएको जानकारी गराउनुभयो । सचिव अर्यालले सञ्चारकर्म गर्ने युट्युबर नियमनको दायरामा आउनपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले रेडियोमा सम्पादकीय भूमिका कमजोर भएको टीप्पणी गर्दै सञ्चारसम्बन्धी कानुन लक्षित वर्गका लागि हुनुपर्नेमा जोड दिनुभयो । अको¥याबका पूर्वअध्यक्ष मोहन चापागार्इंले रेडियोको रोयल्टीमा छुट दिन आग्रह गर्दै रेडियो सुर्तीजन्य उद्योग नभएको बताउनुभयो ।

सो कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजाल, लुम्बिनी प्रदेशसभाका सदस्य कृष्णा केसी, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आर्चाय, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर लगायतले सामुदायिक रेडियोको भूमिकाका विषयमा चर्चा गर्नुभएको थियो । उक्त अवसरमा करिव एक दर्जन रेडियो पत्रकारलाई सम्मान गरिएको थियो ।

बालविवाहको वर्तमान अवस्था र बालविवाह न्यूनीकरणका लागि धर्मगुरु, सामुदायिक रेडियो र सरोकारवालाहरुको भूमिका, स्थानीय सरकार सबलीकरणमा भएका प्रयास, समस्या, चुनौती र सामुदायिक रेडियोको भूमिका, सामुदायिक रेडियोहरुको उत्कृष्ट र अनुकरणीय अभ्यास, सामुदायिक रेडियोका अवसर, चुनौती तथा अबको बाटो विषयमा समूहगत छलफल हुने र घोषणपत्र जारी हुने कार्यक्रम छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।