विद्यार्थी शाैच गर्न घर पुग्छन्

प्रकाश पाक्साँवा/तेह्रथुम, ९ चैत । विद्यालयको नजिकै खियैखिया लागेको धारा । धारामा वर्षाैंदेखि पानी आएको देख्नसम्म पाएका छैनन् विद्यार्थीहरूले । तेह्रथुमको छथर गाउँपालिका-५ ओख्रेमा रहेको देउराली आधारभूत विद्यालयमा पानी व्यवस्थापन गर्न नसक्दा वर्षाैंदेखि विद्यार्थीहरूले समस्या भोग्दै आएका छन । विद्यालयमा ४५ जना विद्यार्थी अध्यायनरत छन् ।

विद्यालय परिसरमा पानी नहुँदा शाैच गर्नसमेत समस्या हुने गरेकाे विद्यार्थीहरू बताउँछन् । विद्यालयकाे शौचालयमा पानी नहुँदा घरैमा गएर शौच गर्न पुग्ने गरेको कक्षा १ पढ्दै आएका ईतुङ लिम्बूले बताए । ईतुङ जस्तै कक्षा ५ मा पढ्दै आएकी निसुम लिम्बू पनि घरमै गएर शौच गर्ने गरेकाे बताउँछिन् ।

विद्यालयमा पानीको व्यवस्थापनका लागि स्थानीय सरकारलाई पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको प्रधानध्यापक सिर्जना योङहाङले बताइन् । उनी भन्छिन्, ‘शौचालय छ । तर, पानी नै छैन । शौचालयमा पानीको व्यवस्थापन त परैको कुरा । हाम्रो पहिलो समस्या भनकै खानेपानी हो । खानेपानी सँगै भवनको पनि अभाव छ । भवन नहुँदा जीर्ण भवनमा नै विद्यार्थीलाई पढाउँदै आएका छौँ ।’

स्थानीय सरकारबाट विद्यालयको समस्या समाधानका लागि पहल गर्दै आएको भए पनि समुदायको ध्यान केन्द्रित नभएको छथर-५ का वडाध्यक्ष पुन्य ढकालले बताए । ‘२५ मिटरको दूरीमा पानीको श्रोत छ । खानेपानीको समस्या नै भन्नु भन्दा पनि व्यवस्थापनकाे खाँचो छ । हामीले हाम्रो तर्फबाट प्रयास गर्दै आएका छौँ,’ उनले भने ।

नेपाल सरकारले खुलf दिशामुक्त गाउँ तथा जिल्ला घोषणा गरे पनि पानीको स्राेत नहुँदा राष्ट्रिय अभियान नाममा मात्र सीमित बन्दै आएकाे छ । तेह्रथुमलाई पनि २०७२ सालमा घोषणा गरिएको थियो । घोषणा गरेको ६ वर्ष बितीसक्दा पनि अभियानले पूर्ण रुप लिन सकेको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖