प्रदेश नं १ मन्त्रिपरिषद्को निर्णय : तीन सार्वजनिक बिदा थपिए

विराटनगर, ९ चैत्र । प्रदेश नं १ मन्त्रिपरिषद्को बैठक आज मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले आज बसेको मन्त्रिपरिषद् बैठकमा विभिन्न सात वटा विषयमा महत्वपूर्ण निर्णयहरू भएको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार, बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्तुत गरेको वि.सं.२०७९ सालमा प्रदेश सरकारले दिने सार्वजनिक बिदासम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । बैठकले भाद्र ४ गते मनाइने राधाकृष्ण रथयात्रा, कात्तिक १४ गते हुने छठ पर्वको समापनका दिन र कात्तिक २५ गते मनाइने फाल्गुनन्द दिवसका दिन प्रदेश नं. १ मा सार्वजनिक बिदा दिइने निर्णय स्वीकृत गरेको छ । प्रदेश सरकारलाई थप ६ वटा बिदा दिन पाउने अधिकार भएबमोजिम उक्त बिदा दिइने निर्णय गरिएको मन्त्री घिमिरेले बताउनुभयो । त्यस्तै, सोही मन्त्रालयले प्रस्तुत गरेको आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी प्रस्ताव पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । यस्तो सहयोग असाध्य रोग लागेका बिरामीलाई उपचार खर्चवापत हुने उहाँले जानकारी दिनुभयो ।

यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्तुत गरेको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन तथा समन्वय सम्बन्धी कार्यविधि,२०७८ स्वीकृत गरी राजपत्रमा प्रकाशन गर्ने र वित्तीय समानीकरण अनुदान तथा राजश्व बाँडफाँटको बजेट सीमा निर्धारण गर्ने सम्बन्धको प्रस्ताव पनि बैठकले अनुमोदन गरेको छ । मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयले प्रस्तुत गरेको ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान(पहिलो संशोधन नियमावली, २०७८’ स्वीकृत गरेको छ ।

त्यसैगरी, पर्यटन तथा संस्कृति मन्त्रालयले प्रस्तुत गरेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना प्रतिवेदन पनि बैठकले स्वीकृत गरेको छ । सोही मन्त्रालयले प्रस्तुत गरेको प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक, २०७८ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेले जानकारी दिनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।