चौदण्डीगढीमा सुत्केरी आमालाई पोषणयुक्त खाद्यान्न वितरण

उदयपुर, १० चैत । उदयपुरको चौदण्डीगढी नगरपालिकाले जनतासँग उपमेयर कार्यक्रम अन्तर्गत सुत्केरी आमालाई घरघरमा पोषणयुक्त खाद्यान्न तथा घ्यू वितरण थालेकाे छ । जनतासँग उपमेयर कार्यक्रम अन्तर्गत सुत्केरी महिलालाई चौदण्डीगढी नगरपालिकाकी उपमेयर रिताकुमारी चौधरीले खाद्यान्न वितरण गरेकी हुन् ।

हरेक वर्षको असार महिनादेखि यता सुत्केरी आमालाई १० केजी चामल, १ केजी दाल, १ केजी घ्यू, १ लिटर तेल, एक पोका नुन, १०० ग्राम ज्वानो, १०० ग्राम मेथी लगायतका खाद्यान्न वितरण गर्ने गरिएको नगर उपप्रमुख चौधरीले जानकारी दिइन् ।

बुधबरबाट उपमेयर चौधरीले नगरको वडा नं १० मा ६० जना, वडा नं ९ मा ५० जना र वडा नं ५ मा ८० जना सुत्केरी आमाहरुलाई पोषणयुक्त खाद्यान्न वितरण गरेकी छन् । अन्य वडामा क्रमश: बितरण गर्दै लैजाने योजना रहेको बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।