पैसा लाने भवन नबनाउने विद्यालयलाई तुरुन्त रकम फिर्ता गर्न निर्देशन

खोटाङ, १० चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बजेट लिएर वर्षाैंसम्म भवन निर्माण नगर्ने विद्यालयलाई तुरुन्त रकम फिर्ता गर्न निर्देशन दिएको छ । साविकको जिल्ला शिक्षा कार्यालयमार्फत भवन निर्माणका लागि बजेट लिएर काम नगर्ने विद्यालयलाई मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरले यथाशिघ्र रकम फिर्ता गर्न निर्देशन दिएको हो ।

काम सम्पन्न नगरी बाँकी रहेको रकम बेरुजु खातामा दाखिलाका लागि मन्त्रालयले गत ४ चैतमा शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गरेको छ ।

इकाईलाई बेरुजु रहेका विद्यालयको विवरण वेबसाईटमार्फत सार्वजनिक गर्न, बेरुजु भएका विद्यालयलाई बेरुजु फस्यौट नभएसम्म आगामी दिनमा केन्द्रबाट प्रदान गरिने अनुदान सिफारिस नगर्न, बेरुजु भएका विद्यालयका जिम्मेवार प्रअलाई बेरुजु फस्र्याैट नभएसम्म पुरस्कार, सेवासुविधाका लागि सिफारिस नगर्न पत्र पठाइएको छ ।

खोटाङमा आर्थिक वर्ष २०६९÷०७० देखि आर्थिक वर्ष २०७२÷०७३ को बीचमा साविकको जिल्ला शिक्षा कार्यालयमार्फत विनियोजित बजेटबाट निर्माण सुरू गरिएको विद्यालयको दर्जनौं भवन अलपत्र छन् । अनियमितता, विव्यास र विद्यालयभित्रको आन्तरिक द्धन्द्ध, अख्तियारमा परेको उजुरी लगायतका कारण चार कोठ, ६ कोठे र आठ कोठे भवन निर्माण अलपत्र परेको शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जनाएको छ ।

दुई वर्षमा पूरा गर्नेगरी आर्थिक वर्ष २०७१÷०७२ मा विनियोजित २४ लाखमा निर्माण सुरू गरेका लक्ष्मी मावि बडहरेको चार कोठे भवन अलपत्र छ । फाउन्डेसन उठाएर टाई बिमसम्म काम गरिए पनि स्टिमेट विपरित भएपछि भवन निर्माण अलपत्र परेको हो ।

भवन निर्माणका लागि ल्याइएका सिमेन्ट, इँटा, बालुवालगायत सामग्री असरल्ल अवस्थामा रहेको इकाईका प्रमुख सेमन्त गौतमले बताए ।

आर्थिक वर्ष २०७०÷०७१ मा विनियोजित २४ लाखमा निर्माण सुरू गरेको जनता मावि बतासेको चार कोठे भवन पनि अलपत्र अवस्थामा छ । भवन निर्माणका लागि सबै भुक्तानी लगिसके पहिलो तला ढलान गरेर दोश्रो तला निर्माणकै क्रममा अलपत्र बन्न पुगेको हो ।

सोही भवनको काम अलपत्र पारेका कारण तत्कालिन प्रअले अवकाश पाएको वर्षौ बित्दा समेत पेन्सन लिने बाटो खुलाउन सकेका छैनन् । जनता माविको भवन निर्माणमा भएको ढिलासुस्ती र अनियमितताविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

यस्तै, आर्थिक वर्ष २०७२÷०७३ मा विनियोजित २४ लाखमा निर्माण सुरु गरेको याङ्सोला मावि छोरम्बुको पहिलो तला ढलान नहुँदै अलपत्र परेको छ । हाल सो भवनको बाँकी काम पूरा गर्न विद्यालय परिवारले अग्रसरता देखाएको इकाई प्रमुख गौतमले बताए ।

आर्थिक वर्ष २०६९÷०७० मा विनियोजित २४ लाखमा दुर्छिम मावि दुर्छिमको चार कोठे भवन निर्माण गर्यो । तर, अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि भवन फिनिसिङदेखि फरफराकमा अड्किएको छ । फिनिसिङ मात्रै बाँकी रहदा अलपत्र परेको सो भवन प्रयोगमा भने आइसकेको छ ।

यस्तै, आर्थिक वर्ष २०७१÷०७२ मा विनियोजित २४ लाखमा च्यास्मिटार माविको चार कोठे भवन ठड्याइयो । तर, फिनिसिङको काम नहुँदै अख्तियारमा उजुरी परेपछि सो भवनको फरफारक अघि बढ्न नसकेको इकाईले जनाएको छ । यद्यपि, सो भवन प्रयोगमा आइसकेको छ ।

यस्तै, आर्थिक वर्ष २०७२÷०७३ मा विनियोजित ६० लाखमा निर्माण सुरु गरिएको गंगोद्धय मावि दुबेकोलको आठ कोठे भवन निर्माण अन्तिम चरणमा पुगेर अलपत्र परेको छ । विद्यालय भवनको संरचना तयार भए पनि फिनिसिङ बाँकी रहेको गौतमले बताए ।

आर्थिक वर्ष २०७२÷०७३ मा विनियोजित ६० लाखमा निर्माण सुरू गरिएको सप्तकन्या मावि चिप्रिङको आठ कोठे भवन फिनिसिङ नहुँदै अलपत्र छ । हाल सो भवनको बाँकी काम पूरा गर्न विद्यालय परिवार तातेको छ । आर्थिक वर्ष २०७२÷०७३ मा विनियोजित ६० लाखमा कालिका मावि बाकाचोलको आठ कोठे भवन निर्माण गरिए । तर, अख्तियारमा उजुरी परेकाले सो भवन छानबिनकै क्रममा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।