सञ्चारिका समूहको अध्यक्षमा २ मतअन्तरले तुम्खेवा विजयी

काठमाडौं, १२ चैत । सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी भएकी छिन । शुक्रबार मध्यरातमा घोषित मत परिणामअनुसार तुम्खेवाले ८५ मत प्राप्त गरी विजयी भएकी हुन ।

उनकी प्रतिद्वन्द्वी कमला पन्थीले ८३ मत प्राप्त गरिन । अध्यक्षमा जम्मा दुई मतको अन्तर परेको हाे । त्यस्तै, उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा बसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएका छन ।

उपाध्यक्षमा पवित्रा सुनारले गीताकुमारी मैनालीलाई पराजित गरिन । त्यस्तै, महासचिवमा बसन्ती बास्तोलाले यशोदा अधिकारीलाई पराजित गरिन । त्यस्तै, सचिवमा दुर्गाले पवनवर्षा शाहलाई पराजित गरिन । कोषाध्यक्षमा उर्वसीले कृति भट्टराईलाई पराजित गरिन ।

महाधिवेशनबाट सदस्यहरूमा ८ जना विजयी भएका छन । सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्शरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी भएका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।