अवैध ग्राभेल उत्खनन् गर्ने पाँच टिपर र एक स्काभेटर प्रहरी नियन्त्रणमा

मुकेश कुमार यादव/ सिरहा, १३ चैत । अवैध रुपमा ग्राभेल उत्खनन् गर्ने पाँच टिपर र एक वटा जेसीबीलाई प्रहरीले सिरहाकाे गोलबजार-१ मुक्सारबाट नियन्त्रणमा लिएको छ । स्थानीयले दिएकाे सूचनाकाे आधारमा प्रहरीले ना३ख ६८१२, प्र २–०१–००१ ख ०२४३, ना३ख ८७७७, प्र२ –०१–००१ ख ०१०१ र रा१ख २०८८ नम्बरको टिपर र नम्बर उल्लेख नभएको चेनवाला स्काभेटर शनिवार राति नियन्त्रणमा लिएकोहो ।

टिपर र स्काभेटर नियन्त्रणमा लिए पनि साचो लिएर ड्राइभरहरू फरार भएकाले चार वटा टिपर र स्काभेटर प्रहरीको सुरक्षामा उत्खनन् स्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । उत्खनन् गरिरहेको अवस्थामा प्रहरी गएपछि सबै गाडीका चालक भागेका थिए ।

प्रत्येक वर्ष विकास निर्माण सुरु भएसँगै सिरहाको गोलबजार, धनगढीमाई, मिर्चैया, कर्जन्हा र लहान नगरपालिकाको उत्तरीक्षेत्रमा अवैध उत्खनन हुने गरेकाे छ । स्थानीय निकायमा नै खानी दर्ता गर्ने र त्यसको राजस्व लिने व्यवस्था भए पनि उनीहरूको मौनताले मिलेमताेकाे आशंका स्थानीयले गरेका छन् ।

गोलबजार नगरपालिकाका सूचना अधिकारी दिनेश सहनीले कुनै पनि खानी नगरमा दर्ता नभएको जानकारी दिएका छन् । सहनीले प्रहरीले टिपर नियन्त्रणा लिएको विषयमा पनि जानकारी नभएको जनाए । उनले भने, ‘हाम्रोमा अहिलेसम्म जानकारी आएको छैन, प्रहरीले प्रकृया पुर्याएर जिम्मा लाउँछ होला ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।