याङवरकको ऐँसेलुटारमा चिज उत्पादन केन्द्र स्थापना

पाँचथर, १३ चैत । पाँचथरको याङवरक गाउँपालिका–५ ऐँसेलुटारमा चिज उत्पादन केन्द्र स्थापना भएको छ ।

दुग्ध विकास संस्थान, दुग्ध पदार्थ बिक्री वितरण आयोजनाअन्तर्गत सो केन्द्र स्थापना भएको हो । याङवरक गाउँपालिकाको रु आठ लाखको लागतमा उक्त केन्द्र स्थापना भएको हो ।

शनिबार आयोजित कार्यक्रममा याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले सो केन्द्रको उद्घाटन गर्नुभयो । प्रशस्तै दूध उत्पादन हुने यस स्थानमा चिज उत्पादन गरी स्थानीयवासीको दीर्घकालीन आम्दानीको स्रोत बनाउने, पशुपालन तथा दूध उत्पादनमा बढावा दिई रोजगारी सिर्जना गर्ने र गुणस्तरीय चिज विदेशसम्म निर्यात गर्ने उद्देश्यसहित चिज उत्पादन केन्द्र स्थापना भएको हो । चिज उत्पादन केन्द्रको स्थापनाले पशुपालक स्थानीयवासीलाई ठूलो राहत मिल्नुका साथै पशुपालन र दूध उत्पादनमा हौसला मिल्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष घिमिरेले बताउनुभयो ।

चिजका अतिरिक्त शुद्ध दूधबाट दुग्धजन्य सामग्री उत्पादन गरी याङवरक गाउँपालिकाको पहिचान बनाउन समेत सो केन्द्र सफल हुने अध्यक्ष घिमिरेले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा याङवरक–५ का वडाध्यक्ष टेकनाथ न्यौपानेले चिज उत्पादन केन्द्रको स्थापनाले स्थानीय दूध उत्पादक किसानलाई व्यावसायिक बनाउन तथा गुणस्तरीय दूग्ध सामग्री उत्पादन गर्न मद्दत गर्ने बताउनुभयो । केन्द्रको नियमित सञ्चालनका लागि सबै पक्षबाट निरन्तर सहयोग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उत्पादन केन्द्रका लागि गतवर्ष नै दुई तले भवन निर्माण भइसकेको थियो । उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष घिमिरेले केन्द्रका लागि पक्की र व्यवस्थित भवन निर्माण आवश्यक रहेको भन्दै त्यसका लागि पहल गर्ने बताउनुभयो । चिज उत्पादन केन्द्रमा अहिले दैनिक २०० लिटरसम्म दूध सङ्कलन हुने गरेको केन्द्रका अध्यक्ष कालिन्द्र तावाले जानकारी दिनुभयो । कार्यक्रममा याङवरक गाउँपालिकाका सदस्य, गाउँपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारी, स्थानीय राजनीतिक दल तथा सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीयवासी लगायतकोसमेत सहभागिता थियो ।

सो अवसरमा केन्द्रको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता, खानेपानीको मुहान उपलब्ध गराउने तथा खानेपानीको प्रबन्ध गर्न सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।