‘स्थानीय तह संविधानका अधिकारलाई जनताको घरदैलोमा पु¥याउँदै छन्’

ललितपुर, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेख भएका अधिकारलाई स्थानीय तहले जनताको घरदैलोमा पु¥याएर सेवा गर्दै आएको बताउनुभएको छ । ललितपुर महानगरपालिका–२८ को वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले पहिलो पटक अधिकार सम्पन्न भएको जनताको नजिकको वडाले नयाँ अनुभव हासिल गर्दै जनसेवा गरेको आफूले अनुभूत गरेको बताउनुभयो ।

वडा अध्यक्षले अहोरात्र खटेर वडामा बाटो विस्तार गर्नुका साथै अन्य भौतिक पूर्वाधारको विकास गरेको उल्लेख गर्दै मन्त्री भुसालले अन्य सहरीकरणका काममा पनि वडाले विशेष ध्यान दिएर सम्पन्न गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि मतभेद नभइकन एकै मनोविज्ञानले वडामा विकासका काम भएका छन्, महिलाका निम्ति सीप, ज्येष्ठ नागरिकका लागि राहत वडाले उपलब्ध गराएको छ ।” कोभिडको महासङ्कटमा आफ्नो ठाउँमा आइसोलेशन सेन्टर स्थापना गरेर जनतालाई सङ्क्रमणबाट जोगाउन वडा सफल भएको जनाउँदै उहाँले युवाका लागि खेलकूद तथा किसानका लागि राहत र रोजगारी सिर्जना गरेको स्मरण गर्नुभयो ।

हरिसिद्धिको कनिखेलस्थित वडा भवन नै यहाँका वडावासीका लागि सिंहदरबार भएको उल्लेख गर्दै मन्त्री भुसालले संविधानमा उल्लेख भएका अधिकार कार्यान्वयन गर्न वडा सक्रिय भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा वडाको आर्थिक तथा सामाजिक विकास गर्नु नै वडाको महत्वपूर्ण काम हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य राजकाजी महर्जन र वडाध्यक्ष राजेश महर्जनले आगामी दिनमा जनताको निरन्तर सेवामा लाग्ने वाचा गर्दै आफूहरूले वडाको विकासका लागि निर्वाह गरेको भूमिकाबारे स्पष्ट पार्नुभयो । त्यस अवसरमा वडा भवन निर्माणमा महत्वपूर्ण योगदान गर्ने वडावासीलाई सम्मान गरिएको थियो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।