तेह्रथुममा ७२ हजार जना मतदानका लागि योग्य

तेह्रथुम, १४ चैत । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा तेह्रथुमबाट ७२ हजार आठ सय ९५ जनाले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार २९ वैशाख २०७९ सम्म १८ वर्ष पूरा भएका मतदाताहरूले निर्वाचनमा सहभागी हुन पाउने छन् ।

कार्यालयको तथ्यांङअनुसार आठराई गाउँपालिकाबाट १४ हजार एक सय ३०, छथर गाउँपालिकाबाट १२ हजार ३१, फेदाप गाउँपालिकाबाट १२ हजार आठ सय ९५, मेन्छ्यायेम गाउँपालिकाबाट ६ हजार तीन सय ५५, म्याङलुङ नगरपालिकाबाट १४ हजर सात सय ३७ र लालीगुराँस नगरपालिकाबाट १२ हजार सात सय ४७ जनाले मतदान गर्न पाउने छन् ।

जसमध्ये ३६ हजार नौ सय ७३ पुरुष र ३५ हजार नौ सय २२ महिला छन् । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा ५७ मतदान स्थल र ९५ मतदान केन्द्र रहने निर्वाचन कार्यालयका सूचना अधिकारी दीपक भण्डारीले जानकारी दिए ।

निर्वाचनका लागि म्याङलुङ नगरपालिकामा महेन्द्रप्रसाद पोखरेल, लालीगुराँस नगरपालिकामा मदनप्रसाद पराजुली, आठराई गाउँपालिकामा पारसमणि पोखरेल, फेदाप गाउँपालिकामा ईन्द्रकुमार श्रेष्ठ, छथर गाउँपालिकामा टेकप्रसाद पुलाम र मेन्छ्यायेम गाउँपालिकामा पुष्पराज बराल निर्वाचन अधिकृत तोकिएको जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ । तेह्रथुममा ४३ वडा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।