जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड,झापाको नव-निर्मित भवनको उदघाटन

झपा, चैत्र १४ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड, झापाको परिसरमा नव-निर्मित भवनको १ नम्वर प्रदेशका माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा समुदघाटन भएको छ । आज बिहान पौने ९ बजे आयोजित एक कार्यक्रम बीच जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नव-निर्मित कार्यालय भवन, ब्यारेक, भन्साघर तथा शौचालयको मन्त्री कार्कीबाट समुदघाटन सु-सम्पन्न भएको हो ।

समुदघाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुदै मन्त्री कार्कीले सरकारले सुरक्षा कर्मीको सुरक्षा गरेमा सुरक्षा कर्मीले आम नागरिकहरुको सुरक्षा गर्न आत्मवल बढ्ने हुँदा सुरक्षा कर्मीहरुको गाँस, बास र कपासमा ध्यान दिनु सरकारको दायित्व रहेको बताउनु भयो । कार्यक्रममा मन्त्री कार्कीले जग्गा दाता तथा निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने महानुभावहरुलाई प्रसंसा पत्रद्वारा सम्मान प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले भवनको निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनु हुने सम्पूर्णमा धन्यवाद दिनुका साथै २४ सै घण्टा ड्युटीमा खटिनु पर्ने प्रहरी कर्मचारीहरुलाई नयाँ भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भए संगै प्रहरीद्वारा आम नागरिकलाई चुस्त दुरुस्त तथा थप प्रभावकारी ढंगले प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जनहित अनुसारको प्रहरी सेवा प्रदान गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।

कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख धुब्र कुमार शिवाकोटी, १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रलायका सचिव काली प्रसाद पराजुली, झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल, चारआली स्थित नेपाली सेनाको श्री नँया श्रीनाथ गण चारआलीका प्रमुख सेनानी फणिन्द्र थापा, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बिश्वमणी पोखरेल, बिभिन्न कार्यालय, संघ संस्थाका प्रतिनिधि, राजनैतिक दलका नेता तथा पार्टी प्रतिनिधि, स्थानिय बुद्धिजिवि, समाजसेवि तथा प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

१ नम्वर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट एक करोड ८८ लाख ८५ हजार ५७७ रुपैयाँ ९८ पैसाको लागतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड, झापाको परिसरमा नव-निर्मित कार्यालय भवन, ब्यारेक, भान्साघर तथा शौचालयको भवन निर्माण सम्पन्न भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।