घरभित्रको धुवाँमुक्त गाउँमा परम्परागत चुलोको भर

प्रकाश पाक्साँवा/तेह्रथुम । साँघुरो घर । घरैभित्र धुवैँधुवाँ । खाना पकाउन बलिरहेका दउरा । गाईवस्तुलाई खोले पकाएका भाडाहरू । धुवाँले निस्सासिँदै बिहान बेलुकी दैनिकी बिताइरहेका छन्, तेह्रथुम छथर गाउँपालिका ४ फाक्चामारा सिर्जनाटोलका नागरिकहरू ।

यो टोलमा कसैको घरमा सुधारिएको चुलाे छैन । सुधारिएको चुला नहुँदा परम्परागत चुला नै प्रयोग गर्दै आएको पुकिमाया मग्रातीले बताइन् । ‘सुधारिएको चुलाे बनाएको छैन । हामी पितापुर्खाले जे प्रयोग गर्दै आएका थियाैँ, त्यै चुलो नै प्रयोग गर्दै आएका छौँ । सुधारिएको चुलोकाबारे हामीलाई राम्रो ज्ञान पनि छैन, त्यसैले पनि बनाएका छैनौँ,’ उनले भनिन् । पुकिमायाजस्तै तिलमाया मग्राती पनि परम्परागत चुला नै प्रयोग गर्दै आएकी छिन् । ‘घरमा एक्लो छु, बनाउने मान्छे पनि छैनन् । पैसा पनि छैन । धुवाँले आँखाभरि आँशु झार्दै भए पनि यही चुलाेमा खाना पकाउँदै आएका छौ,’ उनले भनिन् ।

केही वर्षअघि राष्ट्रिय अभियान रूपमा घरभित्रको धुँवामुक्त बनाउने प्रयासमा केही घरमा चुला नबनाइएका भने होइनन् तर,प्रयोगमा आउन सकेनन् । दलित तथा जनजाति बसोबास रहेको यो टोलमा छथर गाउँपालिकाको आर्थिक सहयोगमा देउराली सोसाइटी तेह्रथुमले पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गरेको सोसााइटीका निर्देशक कपिलदेव सिंघकले बताए ।

उनका अनुसार यो टोललाई नमुना टोल बनाउने उद्देश्यका साथ टोलमा घर संख्या, शौचालय तथा सुधारिएको चुलाहरूको तथ्यांक संकलन गरिएको छ । २८ घरधुरीको रहेको यो टोलमा पाँच घरमा अझै शौचालन नै छैन । पाँच घरमा पक्की शौचालय भए पनि १८ घरमा भने कच्ची शौचालय मात्र छन् । खुला दिशामुक्त जिल्ला घोषणा गरेको पनि ६ वर्ष बितिसक्दा पनि अझै शौचालन बनाएका छैनन् ।

शौचालय नै नभएपछि पूर्ण सरसफाइमा समेत समस्या देखिएको छ । सरकारले शौचालय तथा चुलाे निमार्णका लागि दिएको अनुदान कार्यक्रम अनुगमन फितलो भएका कारण पनि यस्तो समस्या भएको सरोकारवालाहरूले बताउने गरेका छन् । सरकारले राष्ट्रिय अभियानलाई औपचारिकता मात्र समिति बनाएको जस्तै देखिएको छ । अभियानलाई अभियानमा मात्र सीमित नराखी निरन्तरताको लागि योजना निमार्ण गर्न आवश्यक देखिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।