धमाधम प्रविधिसँग जोडिँदै तेह्रथुमका विद्यालय

तेह्रथुम, १६ चैत । प्रविधिको विकाससँगै इन्टरनेटको पहुँच गाउँगाउँमा पुग्न थालेपछि तेह्रथुम जिल्लाका विद्यालयहरू डिजिटल प्रविधिसँग जोडिन थालेका छन् । जिल्लाको ग्रामीणस्तरमा रहेका विद्यालयहरूमा समेत पछिल्लो समय एन्टरनेट जडान भएपछि डिजिटल प्रविधिसँग जोडिएका हुन् ।

केही वर्षअघिसम्म कागजात पत्रमार्फत सम्प्रेषण गर्दै आएका विद्यालयहरू आफ्नै कार्यालयबाट इमेल गर्न थालेका छन् । विद्यार्थी, अभिभावक, शिक्षक र समुदायलाई एकै साथ सूचना प्रविधिमा जोड्न तेह्रथुमका चारवटा माध्यमिक विद्यालयमा डिजिटल साक्षरता अभियान सुरु भएको छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले डिजिटल साक्षरता अभियान सुरु भएपछि शिक्षकका साथै विद्यार्थीहरूलाई समेत पठनपाठनमा सहज भएको छ । ई-एजुकेसनको माध्यमबाट सिंगो समुदायलाई कम्प्युटर प्रविधिमा जोड्ने उद्देश्यले ‘प्रदेश समृद्धिको आधार, शिक्षामा डिजिटल पूर्वाधार’ नाराका साथ मेन्छ्यायेम गाउँपालिकाको गौखुरी मावि र श्रीजुङ मावि, फेदाप गाउँपालिकाको जनज्योति मावि र छथर गाउँपालिकाको भगवती माविमा एकै साथ डिजिटल साक्षरता अभियान सुरु भएका छन ।

विद्यालयमा डिजिटल प्रविधिबाट पढाइ सुरु भएपछि पुस्तकमा नभएका नयाँ नयाँका शैक्षिक सामग्रीको अध्ययन गर्नसमेत सजिलो भएको भगवती माध्यमिक विद्यालयमा कक्षामा अध्ययनरत विद्यार्थी निशा बाग्दासले बताइन् । उनी भन्छिन् ‘आफूले नजानेको कुराहरू गुगलमार्फत खोजेर पढ्न पाएका छौ । किताबमा नभएका शैक्षिक सामग्रीहरू पनि सजिलै पाइन्छ । डिजिटल प्रविधिसँगै इन्टरनेट जडानले शिक्षक नहुँदा पनि अध्ययन गर्न सजिलो भएको छ ।’

कक्षाहरूमा स्माटबोर्ड जडान गरी अध्यापन गर्दै आएको विद्यालयहरुले जनाएका छन् । स्मार्ट बोर्डहरूमा नेट जडान भएकाले सचित्र पठनपाठन गर्दै आएको भगवती माध्यमिक विद्यालयका प्रधानध्यापक श्रीमान बस्नेतले बताए । ‘विद्यालयमा डिजिटल कक्षा सुरु भएपछि विद्यार्थी र शिक्षक दुवैलाई पढ्न पढाउन सहज भएको छ । शिक्षक नहुँदा पनि विद्यार्थीहरूलाई आफ्नो विषयवस्तुलाई सहजै रूपमा पढ्न पाउने गरेका छन । स्मार्टबोर्ड र स्मार्ट टिभी जडान गरी सबै कक्षामा डिजिटल कक्षा सञ्चालन गर्ने तयारीमा जुटिरहेका छौ,’ प्रधानध्यापक बस्नेतले भने ।

प्रविधिको विकाससँगै जिल्लाका विद्यालयरूमा कम्प्युटर जडान भएका छन् । कम्प्युटरको साथमा इन्टरनेट जडान गर्ने क्रम बढ्दो छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖