राष्ट्रपति भण्डारीबाट घोडेजात्रा अवलोकन

काठमाडौँ, १८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । सो अवसरमा उहाँले म्युजिकल राईडरमा प्रथम र द्वितीय हुने क्रमशः उपसेनानी श्रीवत्स सिलवाल र सहसेनानी प्रवीण लामिछाने तथा शो–जम्पका प्रथम लिलाराज खड्का र द्वितीय प्यूठ रोशनकुमार श्रेष्ठलाई पुरस्कार प्रदान गर्नुभयो ।

उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाण सैनिक मञ्च टुँडिखेल जानुभई सेनाद्वारा प्रस्तुत अश्वकला र कुकुरका विभिन्न क्रियाकलाप र खेलको अवलोकन गर्नुभयो ।

सो अवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत राईडर पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड, साइकल दौड, शो–जम्प, ड्रिल राईड, क्रस टेण्ट पेगिङ्ग, लान्स, क्रिज र सुइरो, घोडा लडाउने र कुदिरहेको घोडाबाट चढ्ने र ओर्लने, म्यूजिकल राइड, क्रसकन्ट्री जम्प, हङ्गेरियन पोष्ट र सामूहिक जम्प प्रदर्शन गरियो ।

कार्यक्रममा कुकुरको कौशलअन्तर्गत विविध रोमाञ्चक क्रियाकलाप र कलासमेत प्रदर्शनी गरियो । कुकुरलाई इमान्दार र आज्ञापालक जनावरका रुपमा लिइछ । घोडेजात्रा अवलोकनका लागि कायम मुकायम प्रधानन्यायाधीश, सभामुख, मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, संवैधानिक निकायका प्रमुख, सुरक्षा अङ्गका प्रमुख, नेपालस्थित सैनिक सहचारी तथा समाजका विभिन्न क्षेत्रका महानुभाव टुँडिखेल पुग्नुभएको थियो ।

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइँदै आएको छ । नेपाल टेलिभिजनलगायत विद्युतीय सञ्चार माध्यमले घोडोजात्रा मूल समारोहको प्रत्यक्ष प्रसारण गरेका थिए भने जात्रा हेर्न टुँडिखेल वरपर नरनारीको घुँइचो देखिन्थ्यो ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको घटना र भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको भनाइ छ । गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सोच अनुरुप घोडोजात्रा आयोजना गरिँदै आएकोे भनिएको छ । घोडेजात्राका परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न सेनाले घोडेजात्राको दिन घोडा र कुकुरका विभिन्न कौशलपूर्ण एवम् रोमाञ्चक क्रियाकलाप प्रदर्शनीको व्यवस्थापन गर्दैआएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।